समाचार

    Showing 6,011-6,020 of 19,509 items.
  • डलर साटिदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— डलर साटिदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा स्थायी घर भई हाल उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।पक्राउ पर्नेहरूमा पर्वत तामाङ भनिने २८ वर्षीय कर्म वाङगेल पाइन, सूर्य बहादुर भनिने २५ वर्षीय प्रकाश तामाङ, सन्तबिर भनिने ३६ वर्षीय सागर पाइन र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।प्रहरीका अनुसार उनीहरूले ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको, त्यसको सट्टामा ७ लाख रुपैयाँ दिनुपर्ने भन्दै ठगी गरेका थिए।उक्त गिरोहले भक्तपुर चाँगुनारायण–४ हलछापस्थित

    • प्रकाशित मितिः असार २९, २०८२
    • 475 पटक पढिएको
  • भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

    • प्रकाशित मितिः असार २९, २०८२
    • 208 पटक पढिएको
  • नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन्  । आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्याले बोल्ने भाषा ठूला भाषा र बाहिरी भाषाको चपेटामा पर्दा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘ हामीले देखिरहेको छौं । विभिन्न भाषाहरु मर्दै गइरहेको छन् । थोरै सङ्ख्याले बोल्ने भाषाहरु ठूला भाषा र बाहिरी भाषाको चपेटामा परेका छन् । आफ्नै देशभित्र थोरै सङ्ख्याले बोल्ने भाषा पनि हर

    • प्रकाशित मितिः असार २९, २०८२
    • 231 पटक पढिएको
  • मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    विराटनगर— मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहान ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।बन्दनाले भने भागेर ज्यान जोगाएकी छन्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 435 पटक पढिएको
  • दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

    सिरहा— सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय राम उदगार मलाह रहेका छन्। मलाहलाई विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः असार २९, २०८२
    • 505 पटक पढिएको
  • छाउगोठको त्रास फेरि देखियोः सुतिरहेका बेला सर्पले टोकेपछि महिलाको मृत्यु

    कञ्चनपुर— जिल्लाको कृष्णपुर नगरपालिका–१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट मृत्यु  भएको छ।छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२ः३० बजे सर्पले टोकेको थियो। कमला सुतिरहेको बेला सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो । सुरुमा घरमै सु

    • प्रकाशित मितिः असार २९, २०८२
    • 466 पटक पढिएको
  • लागू औषध सहित झापा र सुनसरीबाट ६ जना पक्राउ

    विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषधसहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय दमकका अनुसार, गोप्य सूचनाको आधारमा झापाको दमक नगरपालिका–४ बाट चार जना युवालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दमक–४ की १९ वर्षीया प्रिया तामाङ, दमक–५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र दमक–१० का २७ वर्षीय मनोज खनाल रहेका छन्। उनीहरूको साथबाट ३५० क्याप्सुल र ३५० वटा नशालु चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले सुनसरीको इटहरी–४ बाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६

    • प्रकाशित मितिः असार २९, २०८२
    • 434 पटक पढिएको
  • राजनीतिक तानातानपछि काठमाडौं महानगरको २५ अर्बको बजेट अन्तिम चरणमा

    काठमाडौं— काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज ल्याउने भएको छ ।मेयर बालेन्द्र शाहले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको छ। गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 597 पटक पढिएको
  • राप्रपाभित्रको गुटबन्दी तीव्र, असन्तुष्ट पक्ष आयोगमा उजुरी लिएर

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर पक्षले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ ।इतर पक्ष आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै आएका छन् ।केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 465 पटक पढिएको
  • कपिलवस्तुमा बस दुर्घटना हुदा २६ जना यात्रु घाइते

    काठमाण्डौ । काठमाण्डौबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ।इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नं. ९ वेलनदीमा दुर्घटनामा परेको हो। बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २६ जना यात्रु घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल

    • प्रकाशित मितिः असार २९, २०८२
    • 218 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा