समाचार

    Showing 5,961-5,970 of 23,501 items.
  • आज विश्व टेलिभिजन दिवस

    काठमाडौ। आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पु¥याउने प्रमुख माध्यम मानिन्छ ।यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 269 पटक पढिएको
  • कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

    गण्डक। गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो ।विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताउनुभयो ।आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदे

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 236 पटक पढिएको
  • घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

    काठमाडौ। देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ ला

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 210 पटक पढिएको
  • बजार अनुगमन तीव्र पार्दै विभाग

    काठमाडौ। वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो ।पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ । विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो । यस्तै, मङ्सिर ३ गते काठमाडौँका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 281 पटक पढिएको
  • साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

    खोटा। साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्र

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 271 पटक पढिएको
  • आज देशभरको मौसम सफा रहने

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 232 पटक पढिएको
  • मापदण्ड पालना गर्नेलाई अनुगमन आउनु र नआउनुले फरक पार्दैनः उपप्रमुख डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताईन् । उनले भनिन्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 279 पटक पढिएको
  • हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका

    मकवानपुर— सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ। विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 264 पटक पढिएको
  • सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 255 पटक पढिएको
  • आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँ

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बैठक बस्ने तय भएको हो ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, आजको बैठकमा संविधान सभाका सदस्य खिमलाल देवकोटा, पूर्व मुख्य सचिव शंकरदास बैरागी, अध्यागमन विभाग महानिर्देशक रामचन्द्र तिवारी र प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई आमन्त्रित पनि गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 314 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.