समाचार

    Showing 5,911-5,920 of 19,500 items.
  • गणतन्त्र र महिला अधिकारका मुद्दामा दलहरूलाई जवाफदेही बनाउन दबाब अभियान

    काठमाडौं—लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियानले राजनीति दलहरूलाई सचेत गराएको छ । पछिल्लो समय गणतन्त्रप्रति नागरिकमा वितृष्णा बढ्दै गएको भन्दै अभियानले दलहरू यसतर्फ सचेत हुनुपर्ने उल्लेख गरेको हो। आज एक विज्ञप्ति जारी गर्दै अभियानले नागरिकहरूको दशकौंको संघर्षबाट आएको गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवार सरकारले हालको भ्रष्टाचार, दण्डहिनता, बेथिती, हिंसा, वर्गीय विभेद, युवाहरूको निराशा र नागरिकका गुनासालाई सम्बोधन नगरेका कारण आम जनतामा, विशेष गरी युवाहरूमा वितृष्णा देखिएको उल्लेख गरेको छ । यसले लोकतन्त्रलाई कमजोर पार्दै पुनः परम्परागत असमानता र अन्यायलाई पुर्नजिवित गर्न सक्ने जो

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 611 पटक पढिएको
  • तोलामा १३ सयले घट्यो सुन, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 488 पटक पढिएको
  • २० वर्षदेखि फरार कर्तव्य ज्यान अभियुक्त कुटपिट प्रकरणमा परे पक्राउ

    दाङ— झन्डै १८ वर्षको उमेरमा कर्तव्य ज्यान मुद्दामा मुछिएर फरार रहेका अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगर पक्राउ परेका छन्।गढवा गाउँपालिका–३, खैरेनी निवासी २७ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय गढवाले कुटपिटको विषयमा सोधपुछ गर्ने क्रममा पक्राउ गरेको हो।२०७६ साल माघ २४ गते उच्च अदालत पाटनले उनलाई कर्तव्य ज्यान र चोरी मुद्दामा २० वर्ष १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।प्रहरीका अनुसार उनी कहिले अर्जुन, कहिले चुनु त कहिले राजाबाबु नाम प्रयोग गरेर गाउँघरमै बस्दै आएका थिए। उनले दाङको लमही क्षेत्रमै केही बालकहरूलाई चोरी गर्न लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 455 पटक पढिएको
  • करार कर्मचारीलाई हाजिर नगराउन थलारा गाउँपालिकाको निर्देशन

    बझाङ — जिल्लाको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै मातहतका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिएको हो ।गाउँपालिकाले असार ३० गतेको बैठक निर्णयअनुसार हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानअनुसार करार सेवाको नवीकरण प्रक्रिया अघि नबढाइने बताएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरण नहुने भएकाले करार कर्मचारीहरूलाई हाजिर नगराउन भनिएको हो।गाउँपालिकाको निर्णयसँगै क

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 370 पटक पढिएको
  • पेट्रोलको पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 259 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 260 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भाव

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 296 पटक पढिएको
  • सांसद बजगाईंको कटाक्ष : “देश ऋणमा डुबेको छ, विजयको गर्जन गर्न लाज लाग्छ”

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणभारमा डुबिरहेको भन्दै वर्तमान परिस्थितिमा विजयको उद्घोष गर्न लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले सरकारका मन्त्रीहरू व्यापक भ्रष्टाचार र घुस प्रकरणमा मुछिएका कारण जनप्रतिनिधिहरू नै अनुहार लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए।“अनुहार छोपेर हिँड्न बाध्य छौं,” उनले भने, “धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन छन्। मैले यसबारे पहिले नै चेतावनी दिएको थिएँ।”उनले शान्ति प्रक्रिया सुरु भएको २०६२/६३ यता देशको सार्वजनिक ऋण २.६११ ट्रिलियन रुपैयाँ पुगेको उ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 318 पटक पढिएको
  • दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता

    दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 272 पटक पढिएको
  • पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ । मंगलबार चावहिल स्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो । श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए । नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ । उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्न

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 226 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा