समाचार

    Showing 5,891-5,900 of 25,583 items.
  • मनोनयन दर्ताको विवरण साँझ मात्रै सार्वजनिक हुनेः निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहपूर्ण रूपमा भइरहेको जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मनोनयन दर्ताको आधिकारिक संख्या साँझ मात्र सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आयोगले मनोनयन दर्ताको संख्या औपचारिक रूपमा तोकेको छैन ।‘आयोगले अहिलेसम्म यति भनेर आधिकारिक रूपमा संख्या निर्धारण गरेको छैन,’ प्रवक्ता भट्टराईले भने, ‘एकैपटक मनोनयन दर्ताको सम्पूर्ण संख्या साँझ मात्रै प्रकाशित हुनेछ ।’ निर्वाचन आयोगका अनुसार देशभर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 487 पटक पढिएको
  • प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराए

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार उनले जिल्ला रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।यसै अवसरमा, उनले देशैभरि तारा चुनाव चिह्न लिएर आशन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपालीहरूलाई तारा चिह्नमा मत प्रदान गर्न पनि आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 497 पटक पढिएको
  • काठमाडौं १ बाट रवीन्द्र मिश्र र काठमाडौं–३ बाट राजु पाण्डेले दर्ता गराए उम्मेदवारी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।त्यस्तै, काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् ।मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 526 पटक पढिएको
  • महेश बस्नेतले गराए उम्मेदवारी दर्ता

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् ।अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 460 पटक पढिएको
  • सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो लगायो, मनोनयन दर्ता गर्दै

    सर्लाही— डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ ।पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर – २ बाट बिपिन कापर, क्षेत्र नम्बर–३ बाट सुनिल प्रसाद गुप्ता र क्षेत्र नम्बर–४ बाट राकेश कुमार मिश्रलाई उम्मेदवार बनाएको छ ।जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार छ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 471 पटक पढिएको
  • अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    काठमाडौं। निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन्।हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै छन्।यसअघि उनहरुले वर्तमान सरकारको स्वतन्त्र

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 268 पटक पढिएको
  • बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

    सिरहा। उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचन अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार  २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिका मृतावस्थामा फेलापरेकी थिइन् । अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 282 पटक पढिएको
  • टिपर दुर्घटनामा चालकको मृत्यु

    दमौली। यहाँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज बिहान टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ ।कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए । उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 302 पटक पढिएको
  • ऐतिहासिक सेतो दरबार संकटमा : पहिचान नै मेटिने खतरा

    काठमाडौँ । जाजरकोटको ऐतिहासिक सेतो दरबार फेरि पनि संकटमा परेको छ । १९९० साल र २०४५ सालका विनाशकारी भूकम्पले पटक–पटक क्षतिग्रस्त बनाएको यो दरबार ०७२ सालको भूकम्पपछि झन् जीर्ण अवस्थामा पुगेको छ ।नेपाल सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने यो ऐतिहासिक सम्पदा संरक्षणको अभावमा नष्ट हुने जोखिम बढ्दै गएको छ ।तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको शासनकालमा खलङ्गा क्षेत्रको अग्लो स्थानमा निर्माण गरिएको सेतो दरबार जाजरकोट मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ऐतिहासिक पहिचान हो ।यसअघि सोही क्षेत्रमा राजा हरि शाहले विसं १८२५ मा निर्माण गराएको रातो दरबार अहिले जिल्ला समन्वय समितिको कार्य

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 216 पटक पढिएको
  • ललितपुरकी सुरवी बज्राचार्यले जितिन मिस लिटिल नेवाको उपाधि

    काठमाडौं । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् ।बज्राचार्यले १९ प्रतियोगिलाई पछाडि पार्दै १५औं मिस लिटिल नेवाःको उपाधि चुमेकी हुन् । उनले मिस लिटिल नेवाः ११४५ भएसँगै चम्किलो ताजका साथ नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन् ।नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप भइन् ।उनले मिस ट्यालेन्ट उपउपाधिलाई पनि आफनो बनाएकी छन् । त्यसै गरी कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 687 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.