समाचार

    Showing 5,851-5,860 of 9,816 items.
  • झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापाको झापा गाउँपालिका- ३ कल्लामारी स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीय अख्तर अलि रहेको प्रहरीले जनाएको छ । बुधबार दिउसो सवा २ बजे  मे. १ त ४४१८ नम्बरको ट्याक्टरले  मे ११ प २८२२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा  घाईते भएका अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 59 पटक पढिएको
  • बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।त्यस्तै तेजाबी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 35 पटक पढिएको
  • रूवाखोलाको पुलबाट ट्रिपर खस्दा चालकको मृत्यु

    झापा / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी - मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।आँबुखैरेनी गाउँपालिका वडा नम्बर -४ रूवाखोलाको पुलबाट बिहीबार बिहान खोलामा ट्रिपर खसेको थियो ।मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको ट्रिपर तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।ट्रिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लग

    • प्रकाशित मितिः असार २, २०७९
    • 83 पटक पढिएको
  • लगातार परेकाे वर्षाका कारण यी स्थनमा बाढी पहिरोको जोखिम बढ्दै, सचेत रहन आग्रह

    झापा  / देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेको छ ।प्रदेश नम्बर १ र बागमती प्रदेशमा केही दिनदेखि वर्षा नरोकिएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र प्रदेश १ का धेरै स्थानमा सामान्य वर्षाको हुनेछ भने राति भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै देशका विभिन्न भागमा हुने वर्षाका कारण केही नदी तथा खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मौसम विभागका अनुसार मोरङ, झापा, पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, उदयपुर, सङ्खुवासभा र ताप्लेजुङ भएर बहने नदी तथा खोलामा बहाव बढ्ने छ

    • प्रकाशित मितिः असार २, २०७९
    • 36 पटक पढिएको
  • लोपउन्मुख रेड पाण्डा संरक्षणमा प्रदेश १ सरकारद्वारा बजेट विनियोजन

    झापा / लोपउन्मुख रेड (हाब्रे) पाण्डा संरक्षणका लागि प्रदेश १ सरकारले बजेट विनियोजन गरेको छ । प्रदेश १ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको इलाम लगायतका जिल्लामा पाइने रेड पाण्डा संरक्षणमा बजेट छुट्याइएको बताए । यस्तै पर्यटकीय क्षेत्र तीन जुरे मिल्के जलजले क्षेत्रको बन  र झापाको जलथलमा रहेको सामुदायिक बनलाई नमूना बन बनाउने बताएका छन् ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 25 पटक पढिएको
  • बालिका बलात्कार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापकसहित चार जना पक्राउ

    झापा / ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका- ३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल , सिद्धिचरण नगरपालिका- ३ का ३२ वर्षीय डम्बर भुजेल, ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल रहेको प्रहरीले जनाएको छ । नारायणस्थान माविमा कक्षा ८ मा अध्ययनरत बालिकालाई आरोपितहरूले पटकपटक बलात्कार गरेको र अन्तिम पटक ०७९ जेठ २० गते बलात्कार गरेको आरोपमा जेठ ३० गते बाँकी तीनजना र प्रधानाध्यापक फुयाँललाई जेठ ३१ गते घरबाटै पक्राउ गरेको जिल्ला प्

    • प्रकाशित मितिः असार १, २०७९
    • 59 पटक पढिएको
  • १८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउँदै सरकार

    काठमाडौं  / कानुनमन्त्री गोविन्द बन्दीले विवाहको हदम्याद सम्बन्धि कानुनको समीक्षा भइरहेको बताएका छन् ।बुधबार प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बन्दीले १८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउने विषयमा छलफल भइरहेको बताए ।‘१६ वर्षमा नागरिकता पाउँछ । १८ बजे भोट हाल्छ । विवाह गर्न २० वर्ष कुर्नुपर्छ । विवाह गर्न २० वर्षसम्म कुनुपर्ने कुनै मापदण्डले देखाउँदैन,’ उनले भने, ‘यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ । यसमा रिभ्यू गर्नैपर्छ ।’कानुन मन्त्रालयले यसको भिभ्यू थालिसकेको उनको भनाइ छ । 

    • प्रकाशित मितिः असार १, २०७९
    • 23 पटक पढिएको
  • आजदेखि माइक्रोसफ्टको ‘इन्टरनेट एक्सप्लोरर’ बन्द

    झापा / माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर आजदेखि बन्द भएको छ । माइक्रोसफ्टले सन् १९९५ मा इन्टरनेट ब्राउजिङका लागि ल्याएको इन्टरनेट एक्सप्लोरर आजदेखि बन्द भएको हो । २७ वर्षदेखिको इतिहास बोकेको यस ब्राउजर बुधबारदेखि बन्द गर्ने माइक्रोसफ्ट यसअघि नै घोषणा गरेको थियो । आजदेखि यस ब्राउजर प्रयोगकर्ताहरू माइक्रोसफ्ट एजमा पठाइने (रिडाइरेक्ट) कम्पनीले जनाएको छ।इन्टरनेट एक्सप्लोरर जेनेरेसन जेड भन्दा अगाडि जन्मेका मानिसहरूका लागि इन्टरनेटको गेटवे थियो । त्यस युगमा माइक्रोसफ्टले टेक संसारमा प्रभुत्व जमाएको थियो जसलाई सीडी-रोम प्रयोग गरेर कम्प्युटरहरूमा इन्स्टल गर्नुपर्थ्यो।माइक्रोसफ्टको बजार प्रभुत्व व

    • प्रकाशित मितिः असार १, २०७९
    • 31 पटक पढिएको
  • एक राउन्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोली सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका- ७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंह रहेको प्रहरीले जनाएको छ । सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिएर आएको झोला ह्‍यान्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल

    • प्रकाशित मितिः असार १, २०७९
    • 41 पटक पढिएको
  • मेक्सिकोमा प्रहरीको गोली लागेर १० बन्दुकधारीको मृत्यु

    एजेन्सी / मेक्सिकोमा प्रहरी गोली लागेर १० जना बन्दुकधारीको मृत्यु भएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ ।सो क्षेत्रमा सरकारी अधिकारीहरूले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरूलाई पक्राउका लागि पुर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरूले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारबाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ । पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 30 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा