समाचार

    Showing 5,811-5,820 of 25,583 items.
  • मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 165 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : बाजुराका आठ उम्मेदवारको सामुहिक प्रतिबद्धता

    बाजुरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बाजुराबाट उम्मेदवारी बनेका आठ जना उम्मेदारले सामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिई शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता जारी गरेका हुन्।बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै प्रतिस्पर्धालाई मर्यादित र शान्तिपूर्ण बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सामुहिक रुपमा करिब सात बुँदे लिखित प्रतिबद्धता जायर गरिएको छ । बाजुरामा एक स्वतन्त्र सहित

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 193 पटक पढिएको
  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    काठमाडौं— परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताए।मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव  राईले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवद्र्धन र संरक्षणका साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानव अधिकारको क्षेत्रमा नेपालले हासिल प्रगतिबा

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 447 पटक पढिएको
  • नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर माघ १८ गतेबाट बिक्रीमा राखिँदै

    काठमाडौं— नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने भएको छ।बैंकले संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राख्न लागेको हो।बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।बोलपत्र फागुन ४ गतेसम्म काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 529 पटक पढिएको
  • घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । विहिबार छापावाल सुनको तोलाको २९ सयले बढेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बुधबार  सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ५८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५९२० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 507 पटक पढिएको
  • निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो

    महोत्तरी। मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् । निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन् । वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशोर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पु¥याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत÷वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कंदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रम

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 329 पटक पढिएको
  • काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ५१ करोड ५९ लाख ४३ हजार अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् 

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 296 पटक पढिएको
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

    काठमाडौँ। चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् ।  दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना÷भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो । यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छभने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी÷कालोसूचीमा राखी

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 295 पटक पढिएको
  • निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ।मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ।मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको हो।आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ। सोही आधारमा आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो।निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 481 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके–३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राज

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 253 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.