समाचार

    Showing 5,681-5,690 of 19,479 items.
  • आगलागी नियन्त्रण गर्ने क्रममा एकै परिवारका ४ जना घाइते

    विराटनगर— झापाको हल्दीबारी गाउँपालिका ४ ओली चोकमा मंगलबार बिहान घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर एकै परिवारका चार जना घाइते भएका छन् । ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रोटी पकाउने क्रममा बिहान ८ः४० बजे आगलागी भएको हो । आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी ओलीसहित उनका छोराहरु ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र ३२ वर्षीया बुहारी अनिता ओली घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सुरुमा भद्रपु

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 503 पटक पढिएको
  • बार लगाउन बाँकी रहेको झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको शकुसल उद्धार

     मुस्ताङ— निर्माणाधीन पुलबाट सौरु तर्फ सामान पुर्याउने क्रममा कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार गरिएको छ । निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी भएको थियो सो पुलबाट जाने क्रममा पेम्वा शेर्पा खसेर नदीमा खसेका थिए । थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका उनको कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रुपमा उद्धार गरेको हो। थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए। सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 550 पटक पढिएको
  • दोलखाका गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।अख्तियारमा सी–०८३०२९ दर्ता नम्बरमा गत असार २६ गते उजुरी दर्ता भएको हो। उजुरीकर्ताले गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।तीनतले २० कोठे नयाँ भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष झन्डै १२ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। उजुरीमा उल्लेख गरिएअनुसार भवन निर्माणका क्रममा “हिटिङ सिस्टम” भन्ने विशेष प्रावधान अनावश्यक रूपमा राखिएको छ, जुन नेपालमा सामान्य रूपमा प्रयोग नहुन

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 416 पटक पढिएको
  • भक्तपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

    भक्तपुर — भक्तपुरमा मयुर यातायातको बसको ठक्करबाट एक ७१ वर्षीया वृद्धाको ज्यान गएको छ।मंगलबार बिहान करिब ११:१५ बजे सूर्यविनायक नगरपालिका–८ इटभुचोकमा काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसले सडक पार गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको हो।प्रहरीका अनुसार मृत्यु हुने महिला भक्तपुर नगरपालिका–४ मंगलाछेँ स्थायी घर भई हाल आदर्श टोलमा बसोबास गर्दै आएकी सुवर्णकेशरी श्रेष्ठ हुन्। उनीलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।ठक्कर दिने बस र त्यसका चालक नुवाको

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 238 पटक पढिएको
  • कैलालीमा बलात्कार आरोपमा ५० वर्षीय व्यक्ति पक्राउ

    कैलाली— कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–४, मौरनियाका ५० वर्षीय रामकृष्ण चौधरी छन् ।१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 463 पटक पढिएको
  • २ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक होटलबाट प्रहरीले २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई नियन्त्रणमा लिएको हो। उनीहरू चीनको सियाचिन सहरका बासिन्दा भएको खुलेको छ।एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूको साथबाट अवैध रूपमा ल्याइएको २ किलो सुन र नगद २४ लाख रुपैयाँ बरामद गरिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि दुवै चिनियाँ नागरिक प्रेमी–प्रेमिका भएको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 474 पटक पढिएको
  • देशभर डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो, एक सातामै १६१ नयाँ सङ्क्रमण

    काठमाडौं— देशभर डेंगी सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । पछिल्लो एक सातामा मात्रै १६१ जनामा डेंगी पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८१ पुगेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो साता मात्रै ६ वटा प्रदेशमा डेंगीका नयाँ केसहरू देखिएका छन् ।प्रदेशगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा ९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । त्यस्तै कोशी प्रदेशमा ५, लुम्बिनीमा ३, मधेश र कर्णाली प्रदेशमा समान रूपमा १–१ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ सङ्क्रमित थपिएको ईडीसीडीले जनाएको छ ।स्वास्थ्य मन्त्र

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 597 पटक पढिएको
  • संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    विराटनगर— संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। निर्माणस्थलमा काम गर्ने क्रममा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।संखुवासभाको चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्दै गरेका कैलाली घोडाघोडी नगरपालिका–४ का ४० वर्षीय करण धर पौडेल सुरुङभित्र कार्यरत रहँदा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै, मोरङको केराबारी गाउँपालिका–८ स्थित महादेव क्रसरमा वेल्डिङको काम गर्दै गरेका गोरखा जिल्ला स्थायी घर भएका ३५ वर्षीय मंगल चेपाङ पनि करेन्ट लागेर घाइ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 429 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित ६ जना पक्राउ

    विराटनगर— प्रदेश १ का विभिन्न जिल्लाबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, सुनसरी र धनकुटामा गरिएको छुट्टाछुट्टै अपरेशनमा उनीहरू पक्राउ परेका हुन्।झापाको गौरादह नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय लुखीराम बास्की र १८ वर्षीय करण यादवलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यस्तै, सुनसरीको धरान–१३ मा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले ईटहरी–७ का २४ वर्षीय सुरेश खत्वे र ईटहरी–८ का २० वर्षीय तुलसी पासवानलाई ९ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।सुनसरीकै इटहरी–२ का २३ वर्षीय आकाश भण्डारीलाई सामुदायिक प्रहरी ब

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 430 पटक पढिएको
  • असार महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी अधिकृतलाई “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई विभागीय मूल्य, मान्यता, आदेश तथा निर्देशनको प्रभावकारी पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेकोमा सम्मानित गरिएको हो।प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ स्थित चेकजाँचका क्रममा ४७.६९ ग्राम ब्राउन सुगरसहित एक जना व्यक्तिलाई र एउटा कार नियन्त्रणमा लिएका थिए। त्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 472 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा