समाचार

    Showing 5,651-5,660 of 25,583 items.
  • निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 274 पटक पढिएको
  • अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

    सिरहा— सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 533 पटक पढिएको
  • थारू कल्याणकारिणी सभाका आठ संस्थापक सम्मानित

    काठमाडौं— थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले थारू कल्याणकारिणी सभा (थाकस)को स्थापना गराउन महत्वपूर्ण योगदान दिने ८ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।थाकसले आफ्नो ७७औँ स्थापना दिवस २०८२ को अवसरमा ८ जना अग्रज व्यक्तित्वहरूलाई मरोपरान्त सम्मान गरेको हो।सम्मानित हुनेहरूमा थाकसका संस्थापक स्व।अमर फौजदार (बारा), थाकसका प्रथम अध्यक्ष स्व.बलिबन्ठा थारू (रौतहट), थाकस संस्थापक महामन्त्री स्व।केवल चौधरी, थाकसका संस्थापक स्व.चिरञ्जीवि चौधरी (जसले राणा प्रधानमन्त्री मोहन शमशेरबाट थाकसको लागि लालमोहर लिएका व्यक्ति), थाकस सस्थापक स्व.राम प्रसाद राय (थारू), स्व चु.ल्लाइ थारू, स्व.महन्थराम चौधरी,

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 497 पटक पढिएको
  • विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

    नवलपरासी— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ ।सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रीय समिति मातहत रहने

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 462 पटक पढिएको
  • मोटरसाइकल चोरी प्रयासमा संलग्न एक जना पक्राउ

    काठमाडौं— मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौं महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका सेढाईलाई पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सेढाईले चोरी गर्न लागेको बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी क

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 475 पटक पढिएको
  • मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्र

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 422 पटक पढिएको
  • यी भू‍–भागमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं— नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।हिमाली भू–भागमा आंशिक बादल लागी गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षा भैरहेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागको एक–दुई

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 457 पटक पढिएको
  • आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १३ गते मंगलबार माघ शुक्ल पक्षको नवमी तिथि । मेषः आज शुभ दिन रहेको छ । धन लाभ हुनेछ । व्यापार सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ । लामो यात्रा तय हुने दिन छ ।वृषः यात्रा कष्टकर हुनसक्छ । मन अशान्त बन्ने जोखिम रहेको छ । पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।मिथुनः मन खुशी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षीले जतिसुकै दुस्ख दिए पनि जित तपाईंकै हुनेछ । खर्च बढ्ने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।क

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 506 पटक पढिएको
  • सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

    काठमाडौं । भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् ।सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । सर्लाही–४ बाट मनोनयन दर्ता गराएका उनी केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान संचालन गर्नेछन् ।कांग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन् । पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ । सर्लाही जानुअघि थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको प्रतिक्रिया दिएका छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जा

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 251 पटक पढिएको
  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो ।हिजो आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । पछिल्ला दिनमा निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.