बिर्तामोड / चरम अभाव रक्त अभावको समस्यालाई मध्यनजर गर्दै बिर्तामोडमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्ब अफ बिर्तामोड , लायन्स कल्ब अफ बिर्तामोड लेडी , लायन्स कल्ब अफ स्मार्ट लेडी र लायन्स कल्ब अफ बिर्तामोड सिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको हो ।बिर्तामोडको खड्का कम्प्लेक्समा भएको कार्यक्रममा ८ जना महिला र २७ पुरुष गरि ३५ जनाले रक्तदान गरेको लायन्स कल्ब अफ बिर्तामोड लेडीकी चार्टर प्रेसिडेन्ट उर्मिला बिमली खरेलले जानकारी दिइन् ।
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । बिहीबार दिउसो सवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आँउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ वर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ वर्षीय विजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरेको हो ।यसै गरी हिजै दिउसो २ बजे १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा ३५ प २७१४ नम्बरको मोटरसाइकलमा भारतब
बिर्तामोड / धनकुटा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार साढे १० बजे धनकुटा छथर जोरपाटी गाँउपालिका - १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको हो । यस्तै हिजै दिउसो सवा १ बजे सुनसरी इनरुवा नगरपालिका -१ पूर्व टोल का ४४ वर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड / माछा पोखरीमा डुबेर कचनकवलमा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउपालिका -४ नयाँ बस्ती बस्ने भिम बहादुर लिम्बुको ११ बर्षीय छोरा रिसान लिम्बु रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो साढे १२ बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखी प्रहरीलाई जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी पब्लिक केयर अस्पताल बनियानी पुर्याउन साथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा शुक्रबार बिहान मृत हात्ती फेला परेको छ ।बुद्धशान्ति -५ को आयाबारी स्थित स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो । हेर्दा किशोरावस्थाको जस्तो देखिने हात्ती के कारणले मरेको हो भन्ने पोस्टमार्टम रिर्पोट आएपछि मात्र थाहा हुने निमित्त वन अधिकृत राज कुमार खत्रीले जानकारी दिए । हाल मृत हात्तीलाई स्थानीय, जिल्ला वनका कर्मचारी र वनरक्षकको सहयोगमा माटोमा गाडिएको निमित्त वन अधिकृत खत्रीले बताए ।
धादिङ / काठमाडौँबाट रौतहटतर्फ आउँदै गरेको यात्रुबाहक रात्री बस गएराति दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।पृथ्वीराजमार्गमा पर्ने गल्छी गाउँपालिका – ६ स्थित चिरौँदीमा प्रदेश ३–०१–००५ ख –९७२९ नम्बरको यात्रु खचाखच भएको बस सडकमा पल्टेर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार सडक बिग्रेको र घुम्ती सडकमा राती गाडी दुर्घटना भएको हो । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । ७ जना गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दि
काठमाडौँ / दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । चार जना नेपालीहरू कृषि तथा माछा पालन मौसमी कामका रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका हुन् भने अन्य ९ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।उनीहरू सबैलाई नेपाल फर्काउने योजना बनाएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।
महोत्तरी / अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर –१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । उनीहरूले महोत्तरीको जलेश्वर नगरपालिका –१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने गरेकाे प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । बिष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सिमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल
काठमाडौं / बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका- ६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरूको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरूले बस्नेतले माया गरेजस्तो गरी अङ्गालो हाल
झापा / धनकुटामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका स्थानीय २९ वर्षीय लक्ष्मण लिम्बू रहेको प्रहरीले जनाएको छ ।छिमेकीको बिजुली अवरुद्ध भएपछि बनाउने क्रममा लिम्बूलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले बताएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.