झापा / वीरगञ्जबाट २७० किलो गाँजासहित २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं -११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ रहेको प्रहरीले जनाएको छ ।वीरगञ्ज महानगरपालिका -२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद गरिएको र उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्ध
काठमाडौं / मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका- १० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका- ३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका- ७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढो
काठमाडौं / कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार उक्त सङ्गठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे ।
झापा / सशस्त्र प्रहरी बल, नेपालको नियमावली दोस्रो संशोधन स्वीकृत भएको छ । २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली दोस्रो संशोधन २०७९ मा राखिएका अन्य नियम संशोधन हाललाई थाती राख्दै नियम ४० को संशोधन स्वीकृत गरेको हो ।यसअघि सशस्त्र प्रहरीमा बढुवा प्रावधानका लागि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदबाट वरिष्ठ उपरीक्षक (एसएसपी) हुनका लागि चारवर्ष सेवा अवधि पूरा गरेको हुनुपर्थ्यो । तर, नियमावली संशोधन भएलगत्तै एसपीबाट एसएसपीमा बढुवा हुन अब तीन वर्ष मात्रै सेवा अवधि पूरा गरे पुग्छ ।यो नियमावली संशोधन भएसँगै १ चैत ०६९ मा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरूलाई फाइदा प
झापा / रूपन्देहीमा भन्सार छली ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ एक जना पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका- ३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / बर्दियामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको खजुरा गाउँपालिका- २ बस्ने २० वर्षीय अब्दुल खाँ रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / काठमाडौंमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका -९ खुमलटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । साँखुबाट ईन्द्रायणीतर्फ जाँदै गरेको केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंको सानोभर्याङमा गएराति स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्
झापा / उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका- १४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जितबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका -१४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए ।प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।
काठमाडौँ / बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । तेजाबी सुनको भाउ पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ । बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिर्तामोड / विराटनगर बसपार्कमा आज बिहान एक पुरुषको मृत अवस्थामा फेला परेको छ । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०-५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ । उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए ।शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.