काठमाडौं— आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित बनेको आन्तरिक उडान अहिले सुचारु भएको छ। काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा मौसम खराब हुँदा उडान र अवतरण रोकिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान हुन सकेको थिएन। तर, अहिले दिउँसोबाट मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्जबाहेक अन्य सबै विमानस्थलमा उडान सुचारु भएको उनले जानकारी दिए।

कुहिरो हटेसँगै विमानस्थलहरूमा यात्रुको चाप बढ्न थालेको छ र तालिका अनुसारका उडानहरू सुचारु गर्ने प्रयास भइरहेको उनले बताए।