मोरङ / मोरङको पथरीशनिश्चरे –९ सगरमाथा चोकमा पैनीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका –३ घर भई हाल पथरीशनिश्चरे –९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बू आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएकाे प्रहरी टोलीले मृतक लासलाई पोस्टमार्टमको लागि मङ्गलबारे अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
बिर्तामोड / इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले कुँवरलाई असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।पुरस्कृत भएका कुँवरले लागूऔषध, चोरी लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको कारण उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ स
रूपन्देही / रूपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका –२ सरौली संगमचोकका ४९ वर्षीय खेम प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / प्रदेश नम्बर १ का विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका –८ का २५ वर्षीय सुमोर राई र ४३ वर्षीय भक्त बहादुर थापा, मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का २१ वर्षीय अमृत लिम्बू र धनकुटाको पाख्रिबास नगरपालिका –४ का २२ वर्षीय बिसाल लिम्बू रहेका छन् । बुधबार दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका राई र थापालाई चेक जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेलापरेपछि पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ६ सय मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट
काभ्रे / काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।नदीले बगाउँदा तेमाल गाउँपालिका –३ चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।समीर र कान्छो सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बुधबार बेपत्ता हुन् । उनीहरूलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।त्यस्तै रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि फेला पार्न नसकेको डीएसपी खतिवडाले बताए। प्रहरी टोली तीनै जनाको खोजी कार्यमा बिहीबार बिहानैदेखि जुटेको उनको भनाइ छ।निर
काठमाडौँ / गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक बिदाका दिनमा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि बुधबार गृहसचिव स्तरीय बैठकले यस्तो निर्देशन दिएको हो ।गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्ने लगायतका गतिविधिहरू भइरहेको उल्लेख गरिएको छ ।झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजन
बिर्तामोड / झापाको काँकरभिट्टा र मोरङको विराटनगरबाट प्रहरीले अवैध भन्सार छलीका समान बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ बाट अवैधरुपमा नेपालबाट भारत तर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ ।त्यस्तै इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर –१५ रानी बसपार्क स्थितबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ६२ हजार मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको छ ।
बिर्तामोड गैरसरकारी संस्था साहसी महिला नेपालले भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट एक किशोरीको उद्धार गरेको छ ।मोबाइल बनाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याइएकी उदयपुरकी १६ वर्षीया किशोरीको साहसी महिला नेपालले महेन्द्रनगर बसपार्कबाट उद्धार गरेको हो । ती किशोरीलाई अहिले सुरक्षित गृहमा राखेको साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले जानकारी दिइन् । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।किशोरीलाई
काठमाडौँ / सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् ।सांसद गुरुङले भनिन्, –‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु ।’सैनिक विशेष अदालतको बेथितिको कारण सयौँ सैनिकले समयमै न्याय पाउन नसकेको उनको दाबी छ । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक
बाँके / प्रहरीले बाँकेमा एक वर्षको अवधिमा ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । खुला सीमाको फाइदा उठाएर भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको हो । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार २०७८/७९ मा ५ करोड ९० लाख ५४ हजारका सामान बरामद गरेको हो । त्यसमा २ करोड ५० लाखको अवैध मालसामान छन् । चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.