समाचार

    Showing 5,341-5,350 of 25,583 items.
  • संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण होः प्रदेश प्रमुख सुरेन्द्र लाभ

    जनकपुर— मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् ।बुधबार मधेश प्रदेश सभाको ८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे ।उनले संघीयता भनेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधिहरु मार्फत आफ्ना लागि आफै कानुन बनाउनु रहेको प्रदेश प्रमुख लाभको भनाई थियो ।प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेर्तत्वदायी भूमिका प्रशंसन

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 446 पटक पढिएको
  • झापा–२ मा चर्चित उम्मेदवार र चुनावी मुद्दा

    झापा। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक वातावरण थप रोचक बनेको छ ।यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईँ, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मशिला चापागाईँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उ

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 310 पटक पढिएको
  • बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै

    बाँके, माघ २२ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनावी मुद्दा बनेको छ ।कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र राष्ट्रिय वनमा केही वर्षयता बाघ, चितुवालगायत जङ्गली जनावरको बिगबिगी बढेको छ ।दिनहुँ जसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले मानव–वन्यजन्तु द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापनसम्बन्धी कार्यान्वयन योग्य योजना ल्याउने उम्मेदवारलाई आफूले मतदान गर्ने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 346 पटक पढिएको
  • निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

    काठमाडौँ। निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ ।आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले ब

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 231 पटक पढिएको
  • सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

    काठमाडौं— सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ ।‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 469 पटक पढिएको
  • आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ ।यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई सहजै हराउँदै नेपालले आफ्नो सकरात्मक संकेत दिएको थियो ।विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ ।नेपालले फेब्रुअर

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 495 पटक पढिएको
  • यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ निर्धारण गरिएको छ ।यस्तै, आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 485 पटक पढिएको
  • मौसम पूर्वानुमानः तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ र बाँकी भू–भागमा भने मौसम सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राती तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 503 पटक पढिएको
  • आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २२ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि । मेषः सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।वृषः दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुनः आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।कर्क

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 485 पटक पढिएको
  • ब्राउन सुगरसहित तीन व्यक्ति पक्राउ

    सुनसरी— सुनसरी जिल्लामा लागू औषध कारोबार विरुद्ध गरिएको अभियानका क्रममा ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले माघ २० गते सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का सुक्दिप राई, सहिदभूमि गाउँपालिका–४ का साजन राई र सप्तरीका ईश्वर प्रसाद भगत रहेका छन्। सुक्दिप र साजनको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ भने ईश्वर प्रसाद भगतको साथबाट ३ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।पक्राउ प

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.