काठमाडौँ / काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई अवरुद्ध गरेपछि बन्चरेडाँडामा तनाव भएको छ । बुधबार उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई बन्चरेडाँडामा स्थानीयले अवरुद्ध गरेपछि तनाव भएको हो ।स्थानीयले विरोध गरे पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको जनाइएको छ । काठमाडौँबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरिएको थिए ।ती फोहोर बोकेर गएका गाडी बन्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गर
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औंठी र १ थान आईफोन १३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका -१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका -९ घर भएका ४६ वर्षीय बुद्धि बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका -३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका -४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् । फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ
काठमाडौँ / सरकारले आजबाट सिंहदरबार भित्र ग्यास सिलिन्डर लैजान रोक लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबार भित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबार भित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ ।
काठमाडौं / बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ / हिजोबाट सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारी लगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र वामदेव गौतमसहित उनका समुहलाई गोलाकारभित्रको हसिँया हथौडामा निर्वाचन लड्न स्वीकृत प्रदान गरेको थियो ।
झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले ट्विटरमा लेखेका छन्,' काठमाडौँ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’ काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।देउवाले झापाकी गोमा भट्टराई, महोत्तरीका किरण यादव, काठमाडौँकी राधा घले र कल्याणी रिजाल, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुक्मीणी कोइराला, रूपन्देहीकी गङ्गा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
झापा / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन् । २०७४ मा बर्दिया –१ बाट चुनाव लडेका गौतमले मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । गौतमले २०७० मा प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर, २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम बर्दिया –१ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । त्यस्तै आगामी निर्वाचनमा गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीब
झापा / मेट्रिक पद्धतिमा आधारित नाप तौलको स्टान्डर्ड कायम गरी प्रचलनमा ल्याउने व्यवस्था गर्न बनेको ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन ) विधेयक’ २०७८ पारित भएको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक बहुमतले पारित गरेको हो ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए।विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडुले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस
झापा / पाँचथरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका ११ का देवी बुढाथोकी रहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.