समाचार

    Showing 501-510 of 18,946 items.
  • नमोबुद्धको पात्लेगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु

    काभ्रे— काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटना आइतबार बिहान करिब ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डे खण्डमा भएको हो।प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डेतर्फ गइरहेको बा प्र ०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८२ वर्षीय पोत बहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठले उक्त जानकारी दिएका छन्।दुर्घटनापछि आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीका अनुसार पीडित परिवार तथा यातायात व्यवसायीसँग समन्वय गरी सडक खुलाउने

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 368 पटक पढिएको
  • कुलमान घिसिङ भन्छन अस्पतालको भवन निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न सकिन्न

    पोखरा— कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हालसम्म ५१ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जान

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 381 पटक पढिएको
  • सुन तोलामा २२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 328 पटक पढिएको
  • कुश्माको ठुलीपोखरीमा निःशुल्क मुटुरोग परीक्षण, ४५० भन्दा बढी लाभान्वित

    काठमाडौं— पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार आयोजना गरिएको एकदिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा साढे चार सयभन्दा बढीले सेवा लिएका छन्। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।शिविरमा सहभागी ४५० भन्दा बढी सेवाग्राहीमध्ये पाँच जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं पठाइएको वडा नम्बर १२ का अध्यक्ष झलक रिमालले जानकारी दिए।आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोगको उपचार गर्न नसकेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको थियो। शिविरमा

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 344 पटक पढिएको
  • वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

    वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताउनुभयो । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ  व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्”, महानगर प्रमुख सिंहले भन्नुभयो ।  यहाँ अस्था

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 171 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक कार्यकालको अन्तिम बैठक हो।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 285 पटक पढिएको
  • कोरला सडक आयोजनामा आठ अर्ब खर्च

    मुस्ताङ। यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१÷८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको ट्रयाक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी–जोमसाम–कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो । जसअन्तर्गत आयोजनाले यहाँ २०७३÷७४ सालदेखि न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 156 पटक पढिएको
  • धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

    काठमाडौँ। थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ । थाइल्याण्डको उत्तरी पहाडी भूभाग, जङ्गल उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकको सहभागिता थियो ।सो कठिन र प्रतिष्ठित एक

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 156 पटक पढिएको
  • मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

    खोटाङ। प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् ।यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए । लामो समयदेखि मुआ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 187 पटक पढिएको
  • निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

    काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ ।सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् । नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्र

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 221 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा