समाचार

    Showing 4,651-4,660 of 25,544 items.
  • धादिङ १ः आशिका तामाङ अग्रता, एमाले दोस्रो

    काठमाडौं— धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् ।अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् ।एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन् । नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 456 पटक पढिएको
  • रन्जु दर्शना छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं १ बाट विजयी भएको घोषणा भइसकेको छ ।उनले लेखेकी छन्, ‘यो विजय देशको हो, परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं. १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताप्रति हार्दिक नमन ।’साथै, उनले हाल परिवारसँग छोराको न्वारन कार्यक्रममा रहेक

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 518 पटक पढिएको
  • झापा अपडेटः क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता

    झापा— झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 493 पटक पढिएको
  • रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि

    काठमाडौं— प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ ।रास्वपा काठमाडौं  १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । नेपाली कांग्रेस ६, नेकपा एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।श्रम संस्कृति १ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 495 पटक पढिएको
  • सुनसरी ३ मा मतगणना, २ र ४ मा सर्वदलीय बैठक

    काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।यहाँ बिहीबार मतदान भएको थियो । क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सवर्दलीय बैठक बस्ने र त्यसपश्चात गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए ।उनकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 290 पटक पढिएको
  • बालेन प्रवेशसँगै रास्वपामा छाएको लहर

    काठमाडौं । जारी मतगणनाबीच अनलाइनखबरले यो ब्रिफिङ तयार पार्दासम्म ४५ सिटमा रास्वपा प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित अग्र स्थानमा छ ।विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आम समुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापाल सर्लाही ४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।यो चुनावले सर्वाधिक धक्का दिएको छ, एमालेलाई । अहिलेसम्म एमाले ३ सिटमा अग्रताको स्थानमा छ । अन्तिम परिणाम आउँदासम्म, अनि समानुपातिक तर्फको मत गन्दासम्म एमालेले केही सन्तोषजनक स्थान बनाउन सक्छ । तर

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 277 पटक पढिएको
  • सर्लाही-४ काे मतगणना सुरु

    सर्लाही । सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 284 पटक पढिएको
  • टुंगिएन स्याङ्जा, धनुषा र दोलखा विवाद, आयोगको निर्णय कुर्दै निर्वाचन अधिकृत

    काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् ।निर्वाचन आयोगले तत्काल निर्णय दिने बताएको छ । ‘स्याङ्जा, धनुषा र दोलखा विवादको विषयमा छलफल गर्न केहीबेरमा आयोगको बैठक बस्छ र तत्काल निर्णय दिन्छ’ आयोगको उच्च स्रोतले भन्यो ।’दोलखाको मालुमा विवाद भएको थियो । विवादपछि मतदान स्थगित भएको थियो । पछि माइकिङ गरेर मतदानका लागि बोलाइएको थियो । यो क्षेत्रमा राजनीतिक दलहरूले समेत निर्वाचन आयोगले उचित निर्णय दिनुपर्ने बताइरहेका छन् ।दोलखामा रास्वपाबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबा

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 317 पटक पढिएको
  • UPDATES : प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर

    मोरङ ३ अपडेट : माटोको अग्रता कायमैविराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् ।उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन् ।यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ ।डडेल्धुरामा मतगणना बिहान ११ बजेदेखि सुरु हुनेडडेल्धुरा । डडेल्ध

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 353 पटक पढिएको
  • कैलाली –१ मा कांग्रेस अघि

    सुदूरपश्चिम। कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाउनुभएको छ । उहाँलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाउनु भएको छ ।एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१मत खसेको थियो ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 299 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.