काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।
यहाँ बिहीबार मतदान भएको थियो । क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सवर्दलीय बैठक बस्ने र त्यसपश्चात गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए ।
उनकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताएका छन् ।






































