समाचार

    Showing 4,641-4,650 of 25,544 items.
  • जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा

    सुर्खेत— जाजरकोटको पछिल्लो मतपरिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत तेस्रो स्थानमा रहेका छन् ।नेपाली काँग्रेसका खड्कबहादुर विसीले सुरुवाती अग्रता कायमै राख्दा बस्नेत तेस्रो स्थानमा छन् ।पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका विसीले एक हजार ७०६ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेत ७५२ मत ल्याएर तेस्रो स्थानमा छन् । दोस्रोमा नेकपा एमालेका डम्बरबहादुर सिंहले ८०४ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 550 पटक पढिएको
  • जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा

    मुगु— जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् ।यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २८१ मत, विनिता कठायतले ३६ मत प्राप्त गरेकी

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 488 पटक पढिएको
  • रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता

    काठमाडौं— हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ७९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् ।काठमाडौं, भक्तपुर, कास्की, चितवन, झापा, रूपन्देही, मोरङ, बारा, बाँके, ललितपुर लगायतका प्रमुख जिल्लाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।सुलभ खरेल (रूपन्देही–२) १६,७८८ मत, विराज भक्त श्रेष्ठ (काठमाडौं–८) १६,५३० मत, मनिष झा (धनुषा–३) १५,५५८ मत, शिशिर खनाल (काठमाडौं–६) १४,५९० मत, सस्मित पोखरेल (काठमाडौं–५) १३,७०८ मत, अरबिन्द साह (बारा–३) १२,७४४ मत, सन्तोष राजवंशी (मोरङ–४) ११,५९७ मत सहित अग्रस्थानमा छन् ।सूचीमा रवि लामिछाने (चितवन–२), राजीव खत्री (भक्तपुर–२), बि

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 462 पटक पढिएको
  • मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै

    काठमाडौं—  मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन् । एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन् ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिस्टले १८२ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 511 पटक पढिएको
  • हृदयघातका कारण रास्वपा नेताको मृत्यु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेका थिए। बिहान मतगणना सुरु भएको केही समय पछि ढलेका भनिए पनि आफ्नो डेरामा खाना खाने क्रममा बेहोस भएका थिए । रेग्मीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।। उनको हृदयघातको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए। अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 508 पटक पढिएको
  • झापा ५ः बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि

    काठमाडौं— झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् ।बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 510 पटक पढिएको
  • गुल्मी–१ः रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् ।ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 449 पटक पढिएको
  • काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै

    काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् ।पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन् ।रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत गणना समापन भइसकेको छ ।‘८ नं वडाको मत गणना सुरु भएको छ । रास्वपाका पाण्डेको हाल ९ हजार २३ र कुलमान ५ हजार ३८७ मत प्राप्त भएको छ । कांग्रेस तेस्रो स्थानमा एमाले चौथो स्थानमा यी दुई पार्टीको मत २ हजार माथि मत प्राप्त गरेका छन्,’ उनले भने ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 484 पटक पढिएको
  • काठमाडौं–९ मा डीपी अर्यालको उत्साहजनक अग्रता कायमै

    काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्यालले अग्रतालाई थप मजबुत बनाएका छन् । ८,५९२ मत गणना भइसक्दा अर्यालले ५,५५९ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् ।नेपाली कांग्रेसकी नानुमैया बस्नेत १,१२६ मतका साथ दोस्रो र नेकपा एमालेका अजयक्रान्ती शाक्य ९७० मतका साथ तेस्रो स्थानमा छिन् । यसअघिका निर्वाचनमा एमाले र कांग्रेसको वर्चस्व रहेको यस क्षेत्रमा अहिले ‘घण्टी’ अर्थात् रास्वपा धेरै स्थानमा अगाडि रहेको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 416 पटक पढिएको
  • काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

    काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् ।हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन् ।अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 517 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.