समाचार

    Showing 4,571-4,580 of 9,787 items.
  • राजस्व छलीमा संलग्न विरुद्ध ४५ करोड माग दाबी मुद्दा

    काठमाडौं  / राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न दुई जनाविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबीसहित उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ ।विभागले नक्कली बिल जारी गरी राजस्व छलीमा संलग्न सर्लाही ब्रह्मपुरी नगरपालिका–२, सखुबाबा स्थाई घर भई काठमाडौं–१४ कुलेश्वर रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोपराइटर प्रवीणकुमार महतो र बारा भवानीपुर नगरपालिका–८ युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका आत्मराम पासवान विरुद्ध मुद्दा दायर गरेको हो ।विभागले अंकुश सप्लायर्स एन्ड ट्रेडर्स र युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका प्रोप्राइटरले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, न

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 17 पटक पढिएको
  • चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष बरामद

    झापा / शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएको र शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअपलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धान नै नगरी उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको छ । बाग्मती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्याल

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 32 पटक पढिएको
  • पोखराबाट भारतका दुई गन्तव्यमा उडान विस्तार गर्दै बुद्ध एयर

    झापा / बुद्ध एयरले निकट भविष्यमै भारतका थप दुई गन्तव्यमा उडान सेवा विस्तार गर्ने तयारी गरेको छ । पोखरा–बनारस–पोखरा हप्तामा ३ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडान विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको छ ।पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा बुद्ध एयरले भारतका दुई स्थानमा उडान सेवा विस्तार गर्न लागेको जनाएको छ । उक्त विमानस्थल सन् २०२३ को जनवरी महिनाबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ–बनारस–काठमाडौँ उडान सेवा सञ्चालन गर्दै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 48 पटक पढिएको
  • मतदानको दिन यी सवारी साधनले पास लिनुपर्ने

    झापा  / निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुकालागि पासको आवश्यकता नरहेको प्रष्ट पारेको छ । आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने आयोगले जनाएको हो । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनु नपर्ने बताए । उनले निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक नपर्न

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 36 पटक पढिएको
  • मतदानको ४८ घण्टा अघिदेखि प्रचारप्रचार नगर्न उम्मेदवारलाई आयोगको निर्देशन

    काठमाडौँ / निर्वाचन आयोगले ४ मङ्सिरमा हुने चुनावको ४८ घण्टाअघिदेखि प्रचारप्रसार नगर्न दल र उम्मेदवारलाई सचेत गराएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउने आयोगले निर्णय गरेको छ । उक्त व्यवस्थाको पूर्ण पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई आयोगले निर्देशन दिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 27 पटक पढिएको
  • पोखरीमा डुबेर तीन बालकको मृत्यु

    झापा / सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना दाजु-भाइ रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो । इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएक

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 40 पटक पढिएको
  • पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    काठमाडौं / पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसीसी टी -२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे ।  यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए । १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । मोइल अलीले १२ बलमा १९ रन बनाए । फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए । यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले नि

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 48 पटक पढिएको
  • नेपालमा सडक दुर्घटनाको जोखिम बढ्दै

    काठमाडौं /  नेपालमा प्रति एक लाख व्यक्तिमध्ये ९.४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ ।यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेन्डमा एक जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ । त्यसैगरी विश्व बैङ्कको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति बेहोर्नु परेको छ । नेपाल दक्षिण एसियाली मुलुकमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्ये एक हो ।दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुने लगायतका क्षति हुन्छन् ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 28 पटक पढिएको
  • भन्सार छलेर नेपाल ल्याउँदै गरेको १३ लाख मूल्य बराबरको मोबाइल र घडी बरामद

    बिर्तामोड / मेचीनगरको काँकडभिट्टा नाकाबाट प्रहरीले करिब १३ लाख मूल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी प्रहरीलाई देख्न साथ तस्करले छाडेर भागेका थिए । बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 16 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सवार गाडीमाथि आक्रमण

    झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सवार गाडीमाथि आक्रमण भएको छ । आइतबार चितवन क्षेत्र नं २ मा प्रचारप्रसारको क्रममा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको हो । अध्यक्ष लामिछानेको गाडी रोकेर एक समूहले घेराबन्दी गरेको थियो भने एक युवकले लाताले हानेर अघिको सिसा फुटाइदिएका छन् । राष्ट्रिय स्वतन्त्रबाट पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका लामिछानेको गाडीको अगाडिको भाग फुटेको छ । सवारीमा क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन । सभापति लामिछानेले ढुंगा प्रहार गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 46 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा