समाचार

    Showing 331-340 of 26,780 items.
  • रसुवा बाढीपहिरो अपडेट: जाजरकोटका सात जना सम्पर्कविहीन

    जाजरकोट / रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्र विक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन्। उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए । त्यस्तै, भेरी नगरपालिका–१ का डिलबहादुर विक, भेरी नगरपालिका–३ का रतन रोकाय र भेरी नगरपालिका–४ की विनिता शाही पनि बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन् । बाढीपहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले चिन्ता व्यक्त गर्दै तत्काल खोजी तथा उ

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 109 पटक पढिएको
  • रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

    काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने बताइएको छ । हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको दूतावास स्रोतले जनाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार रसुवा जिल्ला

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 237 पटक पढिएको
  • कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु

    सुर्खेत / कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५ रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन् । उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।प्रहरीका अनुसार सहकारी बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा नरहरिनाथ गाउँपालिका–५ स्थित कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए । पहिरोमा परी गम्भीर घाइते भएका सहकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव आफन्तले घरमा ल्याइसकेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 103 पटक पढिएको
  • रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार

    काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकहरूको खोज तथा उद्धार कार्यमा नेपाली सेनाले तीव्रता दिएको छ । नेपाली सेनाका ५ वटा हेलिकप्टरसहित २ हजारभन्दा बढी जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत वितरण कार्य युद्धस्तरमा अघि बढाइएको हो । सेनाका अनुसार बिहीबार हालसम्म हवाई तथा जमिनी माध्यमबाट कुल १७७ जनाको सकुशल उद्धार भइसकेको छ । हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत ११४ जनाको उद्धार गरेको छ, जसमा भदौ १० गते ९७ जना, बिहीबार बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जना रहेका छन्। त्यसैगरी अन्य ६३ जनाको जमिनी उद्धार गरिएको छ । जोखिमयुक्त क्षेत्रमा सेनाका ११ वटा टोली

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 90 पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर ’स्ट्यान्डबाइ’, १० वटा परिचालनमा

    काठमाडौं । बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । बिहीबार बिहान साढे ६ बजेदेखि नै ती हेलिकप्टरहरूलाई ’स्ट्यान्डबाइ’ राखिएको हो भने बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकप्टरहरू यसअघि नै परिचालित भइसकेका छन् । उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने जनाइएको छ । सोही

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 82 पटक पढिएको
  • रसुवा बाढी: उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

    काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विपद् प्रभावित क्षेत्रमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना भइरहेको बताए । उनले भने, ‘देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ । सिङ्गो देश, विश्वभरका नेपालीहरू, अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ ।’प्रधानमन्त्री शाहका

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 166 पटक पढिएको
  • चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

    काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् ।नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका महासचिव रामचन्द्र पराजुलीले बाढीले मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले पनि ठूलो क्षति पुगेको बताए । उनका अनुसार नाकामा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेका हुन् ।‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी ९इभी० लगायतका विभिन्न सामान कन्टेनरमा थिए,‘ उनले भने, ‘य

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 34 पटक पढिएको
  • भोटेकोशी बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार

    जनकपुर । चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मधेश प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका प्रदेशका विभिन्न जिल्लाका नागरिकहरूको नामावली सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पर्सा तथा पर्सामा अस्थायी बसोबास गर्नेहरूमध्ये वीरगञ्ज–१४ का नग नारायण पटेल, कलैया–२२ का सुबोध पटेल र अरुण हजरा, वीरगञ्ज–१५ का श्यामबाबु ठाकुर तथा पृथ्वी चौधरी, वीरगञ्ज–१३ का कमरुल होदा अंसारी, वीरगञ्ज–४ का अनुतम बहादुर श्रेष्ठ, बरियारपुर–८ का सुभाष पटेल, परवानीपुर–४ का समिम द

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 77 पटक पढिएको
  • चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

    काठमाडौं / भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् । नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका महासचिव रामचन्द्र पराजुलीले बाढीले मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले पनि ठूलो क्षति पुगेको बताए । उनका अनुसार नाकामा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेका हुन् ।‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (इभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,‘ उनले भ

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 188 पटक पढिएको
  • अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ ।प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि आज हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएको हो । हेलिकप्टर अवतरणसँगै आयोजनाको वास्तविक क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको छ । उद्धार, क्षतिको आकलन र विद्युत् सेवा पुनस्र्थापनाको कामलाई तीव्र बनाउन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली पनि प्रभावित क्षेत्रमा परिचालित भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 39 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.