समाचार

    Showing ३३१-३४० of २६,८०२ items.
  • बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनर्स्थापनामा तीव्रता दिन निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौं फर्किएका छन् ।हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याउनुका साथै प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् । बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले विदुर र त्य

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २२० पटक पढिएको
  • रसुवा बाढी अपडेट: २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

    काठमाडौं / रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ । प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । विपद्मा परेर रसुवाका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन । बाढीका कारण ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ । बाढी प्रभावित रसुवा जिल्लाम

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ३४१ पटक पढिएको
  • भोटेकोशीमाथि फेरि जोखिम : चीनमा बन्यो २० लाख घनमिटरको ताल

    काठमाडौं । भोटेकोशी बाढीको त्रास हटिनसक्दै नेपाल नजिकै चीनको तिब्बत क्षेत्रमा ठूलो ताल बनेको खबरले नयाँ जोखिम देखाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।यी दुवै नदी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने चिनियाँ अनुमान छ। यसले प्राकृतिक अवरोध कमजोर भए तालको बाँध फुटेर ठूलो बाढी आउन सक्ने जोखिम बढाएको छ।सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको पानीको सतह

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २२८ पटक पढिएको
  • रोजगारीका लागि रसुवा पुगेका कर्णालीका १३४ जना सम्पर्कविहीन

    सुर्खेत । रोजगारीको खोजीमा कर्णालीबाट रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा पुगेका १३४ जना भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएसँगै कर्णालीका १० जिल्लाबाट रोजगारीका लागि ती क्षेत्रमा पुगेका नागरिकको अवस्थाबारे परिवारमा चिन्ता बढेको हो।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका १० वटै जिल्लाका नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गर्ने काम भइरहेको छ।प्रहरीका अनुसार अहिले प्राप्त भ

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २१३ पटक पढिएको
  • गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात

    काठमाडौं / धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बसमा सवार यात्रु तथा चालक–सहचालकसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ । धादिङ मण्डली यातायात समितिका अनुसार बसमा यात्रा गरिरहेका यात्रु तथा चालक–सहचालकको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन । उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा समन्वय भइरहेको छ । सम्पर्कविहीन बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेका छन् ।त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ३२९ पटक पढिएको
  • तस्वीरमा बाढीपछि त्रिशूली ढुङ्गे बजार

    काठमाडौं। भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ७८ पटक पढिएको
  • नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

    काठमाडौं / भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् । जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो । भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक साम

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २४३ पटक पढिएको
  • बाढीको भयावह दृश्य : सुस्ताको गण्डकमा एकपछि अर्को गर्दै १५ शव फेला

    नवलपरासी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत देखिन थालेको छ। बाढीको भेलले बगाएर ल्याएका १५ जनाको शव पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदीको गण्डक क्षेत्रमा फेला परेको छ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गण्डक क्षेत्रका विभिन्न ठोकर तथा बाँध आसपासमा ६ महिला, ६ पुरुष, एक बालक र दुई बालिकाको शव फेला परेको हो। नदीमा बग्दै आएका शव एकपछि अर्को गर्दै किनार तथा ठोकर क्षेत्रमा अड्किएपछि प्रहरीले उद्धार गरी व्यवस्थापनको तयारी थालेको छ।प्रहरीका अनुसार यी शवहरू रसुवामा आएको विनाशकारी बाढीमा परी नारायणी नदीमा बगेका व्यक्तिका हुन सक्ने देखिएको

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १८९ पटक पढिएको
  • गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

    काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र च

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २१० पटक पढिएको
  • रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

    रामेछाप / रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्। सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्ल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दाहरू रहेका छन्।सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.