दोधारा चाँदनी (कञ्चनपुर), २३ असोजः शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ । चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ । पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन । यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउनुहुन्छ । “हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्ख
मुस्ताङ, २३ असोजः गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँ पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन घर गएपछि कार्यालय बन्द थियो ।कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँ मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । दसैँमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख
सर्लाही । सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबरसा बसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका १७ वर्षीय किशन कुमार साह रहेका छन् ।प्रहरी नायब निरीक्षक भरत साहको कमाण्डमा खटिएको टोलीले गत मंगलबार बिहान चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर ०६ सिभि ९९८५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ओनेरेक्श नामक १०० मिलिलिटरको ११७ बोतल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए । उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयहरुको भौतिक संरचनामा क्षति पुग्यो । जसमा पनि २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भए । त्यसमध्येको एक हो, इलाका प्रहरी कार्यालय इटहरी । आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अहिले प्रहरी चौकी तरहराको ‘शरण’मा छ । अगलागी भएपछि पूर्णरुपमा बस्न अयोग्य बनेको इलाकालाई अहिले भने इटहरी ९ रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इलाका प्रहरीको कार्यालयको रुपमा धमाधम बनाउने कार्य भइरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपि सुवास हमालका अनुसार इटह
काठमाडौं— माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।एक पक्षले अर्को पक्षविरुद्ध जाहेर
काठमाडौं । लोकदोहोरी, तिहारका गीतदेखि देउडा शैलीका सिर्जनासम्म पछिल्ला वर्षहरूमा चर्चामा रहेका गायक तथा संगीत संयोजक बिनोद बाजुरेली सुदूरपश्चिमको लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने कलाकारका रूपमा परिचित छन् ।बाजुरामा जन्मेका उनले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गरेका थिए । उनी सम्झन्छन्,‘हामी स्कुल पढ्दा देउडा मात्र होइन, पूर्वेली र आधुनिक गीत पनि गाउन्थ्यौं । पछि जब चेतना जाग्यो, देउडा पनि हाम्रो गाउनुपर्ने भन्ने महसुस भयो ।’सुदूरपश्चिमको लोकसाहित्य, लोककथा र लोकसंस्कृतिको जरा नै देउडा रहेको बताउँदै उनले देउडा सबै वर्ग, जातजाति र भाषाभाषीहरूमा समान रूपमा लोकप्रिय रहेको बताए । उनका अ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ तोला पुगेको महासंघले ज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ ।कारोबार सुरु भएको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा सकारात्मक सर्किट लागेको हो ।नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो । उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।
काठमाडौँ, २३ असोजः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो । मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.