काठमाडौं । टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा प'क्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका बालाजुस्थित आफ्नै कोठामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा थापालाई नियन्त्रणमा लिइएको हो।

घटनापछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको छ।घटनापछि थापा आफैं बालाजु प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका थिए। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्रोतका अनुसार थापा दम्पतीबीच लामो समयदेखि पारिवारिक वि'वाद थियो र सम्बन्ध विच्छेदको मुद्दा समेत अदालतमा विचाराधीन थियो। वास्तविक नाम कुमार थापा रहेका उनी प्रो रेस्लिङ खेलाडी हुन्।

पछिल्लो समय उनी सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा ‘नेपाली ब्रो’ नामले चर्चित थिए। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।