समाचार

    Showing 25,361-25,370 of 26,067 items.
  • ७२ करोडको भवनमा सर्दै लोकसेवा आयोग

    काठमाडौँ / लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा निर्माण भएको नयाँ भवनमा सर्ने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत लोकसेवा आयोगको नयाँ भवन ७२ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । साउन ३ गतेदेखि हुने स्वास्थ्य सेवाको नवौँ तह र न्याय सेवाको राजपत्रांकित तृतीया श्रेणीको अन्तवार्ता पनि नयाँ भवनमानै निर्धारण गरीएको र त्यसअघि नै नयाँ भवनमा सरीने पनि लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिएका छन् । पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा भएको लोकसेवा आयोगको केन्द्रीय कार्यालय राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि अना

    • प्रकाशित मितिः असार १५, २०७८
    • 83 पटक पढिएको
  • नक्कली ब्लुबुक बनाएर नेपालमा चोरीका भारतीय गाडी प्रयोग

    बिर्तामोड / भारतबाट चोरी गरी ल्याईएका कार नेपालमा बिक्री वितरणमा संलग्न गिरोहका नाईके कमलबाबु भट्ट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध अनुशन्धान महाशाखाले चोरीमा संलग्न गिरोहका सदस्यलाई भारतीय कार सहित पक्राउ गरेको हो ।पक्राउ परेकाले भारतबाट चोरी गरी ल्याईएका सवारीसाधनलाई नक्कली कागजात प्रयोग गरी नेपालमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । गिरोहमा संलग्नले यातायात विभागको जस्तै हुबहु देखिने गरी नक्कली ब्लुबुकसमेत बनाउने गरेको पाईएको छ ।महाशाखाले सोमबार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलमा छापामारी ठुलो परिमाणमा नक्कली ब्लुबुक र 

    • प्रकाशित मितिः असार १५, २०७८
    • 198 पटक पढिएको
  • चट्याङ लागेर तीनको मृत्यु, ४ घाइते

    पर्सा / चट्याङ लागेर मंगलबार पर्सामा तीनको मृत्यु भएको छ । चट्याङमा परी अन्य एकजना गम्भीर घाइते र तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो ।  मंगलबार बिहान ७ बजेको चट्याङबाट मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली -१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी -३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्। सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका हुन्।घाइतेलाई  उपचारका लागि वीरगञ्ज ल्याइएको छ।

    • प्रकाशित मितिः असार १५, २०७८
    • 86 पटक पढिएको
  • अझै प्रदेश १ का ८१ स्थानिय निकायको बजेट आएन

    बिर्तामोड/ प्रदेश १ का अझै ८१ वटा स्थानिय निकायले बजेट ल्याएका छैनन् । हालसम्म ५६ वटा स्थानिय निकायले मात्रै बजेट ल्याएको संघिय मामिला मन्त्रालयले जनाएको छ ।  प्रदेश २ मा पनि ४० स्थानीय तहले बजेट ल्याएको भएपनि ९६ स्थानिय तहले भने बजेट नल्याएको मन्त्रालयले जानकारी गराएको छ ।मन्त्रालयका अनुसार कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ७५ स्थानिय तहले मात्रै बजेट ल्याएका छन् भने ४ सय ७८ स्थानिय निकायले ल्याएका छैनन् ।  बाग्मती प्रदेशमा पनि ३८ स्थानिय तहले बजेट ल्याएका छन् भने ८१ वटा ल्याउन बाँकी नै रहेको छ ।त्यसैगरि गण्डकी प्रदेशमा ५० स्थानिय तहको बजेट आएको छ भने ३५ तहको आउन बाँकी

    • प्रकाशित मितिः असार १५, २०७८
    • 117 पटक पढिएको
  • नगद ५ लाख र लागुऔषध सहित ४ पक्राउ

    बिर्तामोड  / प्रहरीले झापाको दमकबाट ५ लाख रुपैंया नगद सहित लागुऔषध कारोवारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।लागुऔषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरीले झापाको गौरादह ५ का २६ बर्षीय विवेक लिम्बु, २२ बर्षीय सौरभ राई र इलामको चुलाचुली ४ का ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स उपनामले चिनिने खगेन्द्र सावाँलाई पक्राउ गरेको हो ।प्रहरीले दमक ६ को थाना रोड क्षेत्रबाट  विवेक र  सौरभलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ परेकाले आफुहरुको साथमा भएको ब्राउन सुगर दमक ५ बस्ने बिक्रम र खगेन्द्रबाट खरिद गरेको बयान दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बिक्रम र

    • प्रकाशित मितिः असार १५, २०७८
    • 173 पटक पढिएको
  • उपत्यकामा निषेधाज्ञा खुकुलो

    काठमाडौँ / कोरोना संक्रमण रोक्न लगाईएको निषेधाज्ञा काठमाडौँ उपत्यकामा खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायातका साधन जोरविजोर प्रणालीमा संचालन गर्ने निर्णय समेत गरेको छ । मंगलबार अर्थात् असार १५ गतेदेखि निजी सवारी साधनमा जोर विजोर प्रणाली यथावथ रहेको छ भने, २५ सिटमाथिका सार्वजनिक सवारी साधन पनि जोरविजोर प्रणालीमा संचालन हुनेछन् । त्यस्तै खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ । अन्य पसल ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।बैठकको निर्णय –

    • प्रकाशित मितिः असार १४, २०७८
    • 77 पटक पढिएको
  • राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी

    इटहरी / सरकारले सुनसरीको राजावास क्षेत्रमा कोशी नदीको वैकल्पिक पुल निर्माणको तयारी सुरु गरेको छ । आयु सकिएको हाल प्रयोगमा रहेको कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल निर्माणको तयारी भएको सडक विभागले जनाएको छ ।सडक विभागले सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष भन्दा माथिल्लो भागबाट आरक्षलाई समेत असर नपर्ने गरी वैकल्पिक सडक र पुल निर्माण गर्न तयारी थालेको हो । सन् १९६२ मा भारतीय कम्पनी ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ ले बनाएको पुलको आयु ५० वर्ष मात्रै रहेको भएपनि हालसम्म सोही पुल प्रयोग भइरहेको छ ।सडक विभागले पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा पुल सहित चार लेन सडक बनाउन तयारी थालेको हो ।

    • प्रकाशित मितिः असार १४, २०७८
    • 8,248 पटक पढिएको
  • गाँजा सहित १ पक्राउ

    उदयपुर / उदयपुरमा गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छिन् । उनलाई हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ८ बाट १ केजी गाँजा सहित पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः असार १४, २०७८
    • 93 पटक पढिएको
  • खतराका बिच काठमाण्डौमा यातायात खुला गर्ने निर्णय

    काठमाण्डौ / कोरोना संक्रमण घट्दै गएको भएपनि खतरा बाँकी नै रहेको भनेर विज्ञले चेतावनी दिईरहेकै समयमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ ।स्वास्थ्य क्षेत्रका विज्ञले आमनागरिकको पहुँचमा खोप नरहेको र कोरोनाका अन्य प्रजाती पनि देखिन थालेको भन्दै समयमा नै सावधानी अपनाउन सरकारलाई आग्रह गरिरहेका बेला सरकारले यातायात खुलाउने निर्णय गरेको हो ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले भालीबाट उपत्यकामा २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।वैठकले उपत्यकाका जिल्लामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको

    • प्रकाशित मितिः असार १४, २०७८
    • 152 पटक पढिएको
  • भारतसँग सिमा जोडिएको आठ जिल्लाका ८४९ सीमास्तम्भ गायब

    बिर्तामोड / प्रदेश नं २ को भारतसँग सिमा जोडिएको आठ जिल्लाका ८४९ वटा सीमास्तम्भ हराएका छन् । पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ । बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजाम

    • प्रकाशित मितिः असार १४, २०७८
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.