बिर्तामोड/ प्रदेश १ का अझै ८१ वटा स्थानिय निकायले बजेट ल्याएका छैनन् । हालसम्म ५६ वटा स्थानिय निकायले मात्रै बजेट ल्याएको संघिय मामिला मन्त्रालयले जनाएको छ ।  

प्रदेश २ मा पनि ४० स्थानीय तहले बजेट ल्याएको भएपनि ९६ स्थानिय तहले भने बजेट नल्याएको मन्त्रालयले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ७५ स्थानिय तहले मात्रै बजेट ल्याएका छन् भने ४ सय ७८ स्थानिय निकायले ल्याएका छैनन् ।  

बाग्मती प्रदेशमा पनि ३८ स्थानिय तहले बजेट ल्याएका छन् भने ८१ वटा ल्याउन बाँकी नै रहेको छ ।

त्यसैगरि गण्डकी प्रदेशमा ५० स्थानिय तहको बजेट आएको छ भने ३५ तहको आउन बाँकी नै रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा ६३ स्थानिय निकायले बजेट ल्याउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा २९ स्थानीय तहले बजेट ल्याएका छन् भने  ५९ तहको आउन बाँकी रहेको संघिय मामिला मन्त्रालयले जनाएको छ ।