पर्सा / चट्याङ लागेर मंगलबार पर्सामा तीनको मृत्यु भएको छ । चट्याङमा परी अन्य एकजना गम्भीर घाइते र तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो ।
मंगलबार बिहान ७ बजेको चट्याङबाट मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली -१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी -३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्। सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका हुन्।
घाइतेलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ।