समाचार

    Showing 25,291-25,300 of 26,066 items.
  • देशका यी भूभागमा पानी पर्ने, उच्च सतर्कता अपनाउन आग्रह

    बिर्तामोड / देशभर मनसुनी वायुको प्रभाव रहेकाले सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती ,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा  हल्का वर्षा भैरहेको छ ।महाशाखाले जारी गरेको बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोला

    • प्रकाशित मितिः असार २६, २०७८
    • 79 पटक पढिएको
  • हिरासतबाट थुनुवा फरार

    लहान / इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका –१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदाल

    • प्रकाशित मितिः असार २६, २०७८
    • 54 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरि दाजुको हत्या

    विराटनगर /  मोरङको विराटनगरमा भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका –५ पृथ्वी चोक घर भएका ३१ वर्षीय साजन सिंहले दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । साजनले पारिवारीक विवादलाई लिएर शुक्रबार राती १० बजे मादक पदार्थ सेवन गरि दाजुलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    • प्रकाशित मितिः असार २६, २०७८
    • 71 पटक पढिएको
  • ट्रयाक्टरसहित काठ बरामद

    बिर्तामोड / झापा प्रहरीले बुद्धशान्ति गाउँपालिका –१ बाट अवैध ढंगबाट ढुवानी गरिरहेको अवस्थामा सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । शुक्रबार राति ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे १ त २७४७ नम्बरको ट्रयाक्टर र र सखुवाको गोलिया तथा चिरान काठ ४२.५६ क्यूफिट नियन्त्रणमा लिएको हो । त्रिपालले छोपेर बुधबारे बजारतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको जनाएको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट सादा पोशाकमा गएका प्रहरीलाई देखेर चालकले ट्रयाक्टर भगाउन खोजेका थिए । प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिई चाबी खोसेपछि स्पेयर चावीले ट्रयाक्टर भगाए पनि बाटो नभेटेपछि ट्रयाक्टर

    • प्रकाशित मितिः असार २६, २०७८
    • 95 पटक पढिएको
  • करेन्ट लागेर एकको मृत्यु

    बिर्तामोड  / झापाको अर्जुनधारामा नगरपालिका – ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड – १ बस्ने आयुष राई रहेका छन् । शुक्रबार साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको घरमा छत ढलान गरी भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा राई करेन्ट लागि घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोड स्थित कनकाई अस्पताल  लैजाँने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७८
    • 142 पटक पढिएको
  • खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

    सङ्खुवासभा / सङ्खुवासभामा साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका –१ तिलार नयाँबस्तीका मुकेश तामाङ रहेका छन् । तामाङले चिचिला गाउँपालिका –२ घर भई हाल सोही स्थानमा दिदीको घरमा बस्दै आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । । शुक्रबार बिहान ९ बजे मृतकको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा शेर्पाको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संविधानसभाबाट प्रहरी टोली खटि गई मुकेश तामाङलाई नियन्त्रणमा लिइएको थियो । पुरानो रिसिवीको कारण गत राती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रह

    • प्रकाशित मितिः असार २५, २०७८
    • 127 पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    भक्तपुर / महानगरीय प्रहरी परिसर भक्तपुरले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका - २ दुवाकोट फोक्सिङटारमा डेरा लिएर बसेका दोलखा मेलुङ गाउँपालिका ६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भण्डारीको कोठामा जुवातास खेलिरहेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट परिचालन गरेको प्रहरीले उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः असार २५, २०७८
    • 84 पटक पढिएको
  • लागूऔषध सहित ३ पक्राउ

    मोरङ / मोरङमा लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलवारी नगरपालिका –१ गाँईघाटका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । बिहिबार बेलुका –५ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो । तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको १३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

    • प्रकाशित मितिः असार २५, २०७८
    • 80 पटक पढिएको
  • लागूऔषध सहित चार पक्राउ

    सिरहा / सिरहामा भिन्ना भिन्नै स्थानबाट लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका –११ नैनपुर निवासी नीला महतो, गोलबजार नगरपालिका –६ गुम्बाचोकका राकेशकुमार लामा, सखुवान्नकारकट्टि गाउँपालिका –४ खयरबोनाका सुनिल गिरी र नगढीमाई नगरपालिका –१० का प्रवीण शर्मा रहेका छन् । महतोलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।यस्तै लामालाई गए राति नै लागूऔषध ब्राउनसुगर (खैरो

    • प्रकाशित मितिः असार २५, २०७८
    • 60 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    काठमाडौँ / अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्। बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ जादैं गरेको बा९३प ९६५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको गिरीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार २५, २०७८
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.