बिर्तामोड  / झापाको अर्जुनधारामा नगरपालिका – ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड – १ बस्ने आयुष राई रहेका छन् । 

शुक्रबार साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको घरमा छत ढलान गरी भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा राई करेन्ट लागि घाइते भएका थिए ।

OM Sai Pathibhara Hospital

 घाइते राईलाई उपचारका लागि बिर्तामोड स्थित कनकाई अस्पताल  लैजाँने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।