तनहुँ / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज (शनिवार) बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो।मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताएका छन् । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
काठमाडौँ / नेकपा एमालेले जिल्ला अधिवेशनबाट आइतबार बिहान सम्ममा २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रेपलाञ्चोक, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा रसुवा र नवलपरासी (पश्चिम)मा सर्वसम्मत नेतृत्व चयन भएको हो ।एमाले जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनेमा झापाबाट दीपक कार्की, पाल्पाबाट धनेन्द्रराज घिमिरे, दाङबाट हुकुम बहादुर बस्नेत, डोल्पाबाट शेरबहादुर बुढा, सल्यानबाट गोविन्द पुन, बर्दियाबाट लालबहादुर श्रेष्ठ, बाँकेबाट किस्मत क
जनकपुर / लामो समयदेखि धनुषाको इनरुवा स्टेसनमा थन्किएको रेलको इन्जिन परीक्षण गरिएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेसन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोली सहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्ध निरञ्जन झाले जानकारी दिएका छन् । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनले बताएका छन् । उद्घाटनको मिति भने अहिले निश्चित नभएको बताउँदै उनले दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी समेत दिएका छन् । परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको सह
काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन् । उनले भने, –“ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस् ।”सो निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुव
वीरगञ्ज / वीरगञ्ज महानगरपालिका –१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।वीरगञ्ज –१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । निर्माणधीन घरको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्ने लगायत अनुसन्धानका काम भइरहेको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।
झापा / एमाले कार्यकर्ताले इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् ।रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेका हुन् ।विवादपछि मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठामा बन्द गरिएको छ ।तालाबन्दीसँगै मतदाता नामावली भर्न आएका १५० बढी सर्वसाधारणलाई घर फर्काइएको थियो ।शुक्रबार राति साढे १० बजेसम्म नेपाली कांग्रेसका नेताको उपस्थितिमा मतदाता नामावली संकलन गर्ने काम भएको थाहा पाएपछि तालाबन्दी गरेको एमाले बुटवलका नेता बाबुराम पन्थीले बताए ।गृह प्रशासनको
खोटाङ / खोटाङमा घर नजिकै थुपारेर राखेको खरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जन्तेढुङ्गा गाउँपालिका –४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियार रहेकी छिन् । खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।
मोरङ / मोरङको विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका –७ का २० वर्षीय संग्राम राई रहेका छन् । शुक्रबार (हिजो) दिउसो २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले नाईट्राभेट १२० चक्की बरामद गरेको छ ।
पाँचथर / पाँचथरको फालेलुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका –७ का ३५ वर्षीय राज कुमार तामाङ रहेका छन् । हिजो (शुक्रबार) बेलुका ५ बजे बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर तामाङ घाईते भएका थिए । घाइते तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
झापा / कोरोना भाइरसको नयाँ भेरियन्टमा ओमिक्रोनको संक्रमण बढ्दै गर्दा विगतको तुलनामा अहिले नाकामा सरकार सचेत र पूर्वतयारी सहित देखिएको छ ।विगतमा ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिने गरेको नाकाको हेल्थ डेस्क भने अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरियाविरुद्धको खोप सहितको स्वास्थ्य सामग्री सहित व्यवस्थित देखिएको छ । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । अहिले खोप कार्डले गर्दा आवतजावत सहज भएका कारण नजिकको भारतीय बजार पानीट्याङ्की तथा अन्य बजार दैनिक उपभोग्य सामग्री खरिद गर्न जानेको भीडले पनि नाकामा जोखिम बढेको छ ।दैनिक नेपाल प्रवेश गर्ने करिब एक ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.