समाचार

    Showing 23,201-23,210 of 26,027 items.
  • अर्धचेत अवस्थामा भेटिएकी बालिका मृत्यु प्रकरण : २ जना पक्राउ

    बिर्तामोड / मोरङको सुन्दरहरैचा-७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिँदै उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।यौनाङ्गमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा-७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 92 पटक पढिएको
  • सप्तरीमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

    बिर्तामोड / सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । प्रहरीको अनुसार स्थानीय डम्बर यादवको आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको हो ।खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।आगलागीले ९ वटा बाख्रा जलेको छ भने दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 63 पटक पढिएको
  • भारतीय गाडीको ठक्करबाट रौतहटमा महिलाको मृत्यु

    झापा / रौतहटको गुजारामा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक महिला घाइते भएकी छन् ।गुजारा नगरपालिका ३ मा वि आर ०५ पिए ५००० नम्बरको भारतीय गाडीको ठक्करबाट सोही ठाउँकी ४० वर्षीया गीतादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले जानकारी दिए ।सोही गाडीको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् । जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट केही खसी बाख्रासमेत मरेका स्थानीयले बताएका छन्

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 51 पटक पढिएको
  • गाँजा र ब्राउनसुगर सहित तीनजना पक्राउ

    झापा / अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागूऔषध ब्राउनसुगर सहित शनिबार २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेका छन् ।शनिबार सार्कीलाई अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई मेची पुल छेउबाट चार ग्राम ब्राउनसुगर सहित  पक्राउ गरेको हो ।त्यस्तै , महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 63 पटक पढिएको
  • मोरङमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

    बिर्तामोड / मोरङको रंगेली नगरपालिका-२ मङ्गलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तौला रहेका छन् भने चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् । हिजो दिउसो साँढे २ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न.०१-०४-००१ प ७१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनाबाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 79 पटक पढिएको
  • ६५ किलो गाँजासहित एक व्यक्ति पक्राउ

    विराटनगर / प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राईलाई पक्राउ गरेको छ । को २३ प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताएका छन् ।इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका-७ मुगुटोलबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागूऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारुङले बताएका छन् ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 60 पटक पढिएको
  • ताप्लेजुङ आगलागी अपडेट : ६९ लाखभन्दा बढी क्षति

    झापा / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-४ कोप्चे टोलमा शुक्रबार बिहान भएको आगलागीमा रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए ।शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 70 पटक पढिएको
  • मेचीनगरबाट खैरो हिरोइन सहित एक जना पक्राउ

    बिर्तामोड / लागूऔषध खैरो हिरोइन सहित  मेचीनगरबाट एक जना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा कमल गाउँपालिका- ६ बस्ने ३४ वर्षीय दीपेन्द्र भण्डारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार मेचीनगर-६ स्थित मेची पुल नजिकैबाट इलाका प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेका भण्डारीलाई शङ्का लागी चेक जाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने प्लास्टिक बाहेक ८ ग्राम लिसाईलो पदार्थ फेला परेको हो । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान अगि बढाइएको छ । 

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 81 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दामा काठमाडौंबाट एक पक्राउ

    झापा /  दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौंबाट पक्राउ परेका छन् ।डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको काँडाघारीबाट शनिबार पक्राउ गरेको हो ।पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगर

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 83 पटक पढिएको
  • कच्चा तेलको मूल्यमा वार्षिक प्रतिब्यारेल ५० डलरको वृद्धि

    काठमाडौं / विश्व बजारमा एक वर्षमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० अमेरिकी डलरले बढेको छ । गत वर्ष २०७७ साल माघ मसान्तको तुलनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० डलरले बढेको हो । वर्षको माघ मसान्तमा यसको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलर थियो भने आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गत वर्षको माघ मसान्तमा यसको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलर थियो ।रुस र युक्रेन बीचको सैन्य भिडन्तले कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो निर्यातकर्ता हो । पेट्रोलियम पदार्थको उत्पादनमा रुसभ

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 80 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.