समाचार

    Showing 22,201-22,210 of 26,011 items.
  • वादविवादको क्रममा धकेलेर लडाउँदा ६९ वर्षीय राईको मृत्यु

    झापा / खोटाङको केपिलासगढी गाउँपालिका- २ खार्तम्छाका २९ वर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउँदा एक जना  बुद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६९ वर्षीय हरि प्रसाद राई रहेका छन् । गत १९ गते राती ११ बजे आपसी विवाद हुँदा धकेलेर लडाउँदा घाईते भएका हरि प्रसादको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको हो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 66 पटक पढिएको
  • निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा काशीराज पराजुली निर्वाचित

    विराटनगर / नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरको गाईघाटमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमितिका पराजुलीसहित २६ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो । संगठनको उपाध्यक्षमा झापाकी भीमा भट्टराई र उदयपुरका फणीन्द्र विश्वकर्मा निर्वाचित भएका छन् भने महासचिवमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङका रमेश खतिवडा, ओखलढुङ्गाका प्रबल घिमिरे सर्वसम्मत भएका छन् । त्यस्तै कोषाध्यक्षमा झापाकै ठगेन्द्र पौडेल चयन भएका छन् । 

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 71 पटक पढिएको
  • प्रेमीले जन्म दिन मनाउन बोलाएर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    झापा / बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले जन्म दिन मनाउन बोलाएर एक १६ वर्षीया किशोरीमाथि २ जनाले सामूहिक बलात्कार गरेका छन् ।बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका– ८ का १७ वर्षका हेमराज थारूले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।प्रेमीको जन्म दिन मनाउन बाँके - बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराज सहित अन्य ५ जनाले जङ्गलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका थिए ।प्रहरी प्रवक्ता न्यौपानेले किशोरीलाई शुरुमा मानखोलाको जङ्गल र पछि बैजनाथस्थित टहरामा लग

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 92 पटक पढिएको
  • फर्पिङको जङ्गलमा युवा–युवती मृत अवस्थामा फेला

    काठमाडौँ / काठमाडौंको दक्षिणकालीस्थित फर्पिङको जङ्गलमा दुई जना युवा युवती मृत फेला परेका छन् । सोमबार बिहान जङ्गलमा २०–२२ वर्षका युवा–युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए । एसएसपी कुँवरका अनुसार मृत फेला परेका युवक र युवतीको शव नजिकबाट विषादीको बट्टा समेत भेटिएको छ ।  उनीहरूको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।उनीहरूको पहिचान हुन सकेको छैन। काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको कुँवरले बताए । 

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 67 पटक पढिएको
  • यौन हिंसा विरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

    काठमाडौं / प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिएका थिए ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 71 पटक पढिएको
  • बाँदरमुढे घटनाकाे १७ वर्ष : अझै पाएनन् पीडितहरूले राहत

    चितवन / तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपूरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।सोही घटनामा पीडित बनेका माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुःखद रहेको बताउँछन् । उनले भने, ‘घाईते हामी धेरै छौँ । जम

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 66 पटक पढिएको
  • स्रोत नखुलेको नगद ७ लाख ५० हजार रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

    झापा / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका- ४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रुपैयाँ सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सीतामढी ग्राम सोनबर्सा- २ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेको प्रहरीले जनाएको छ । भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बि आर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई आइतबार दिउँसो पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 92 पटक पढिएको
  • रूपन्देही बस दुर्घटना : मृतक सबैको सनाखत

    बुटवल / रूपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो ।मृत्यु हुनेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका –४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका –८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा –२, योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।यस्तै, बुटवल उपमहानगरपालिका –११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका –६ आदर्शनगर बस्ने ४० वर्षक

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 65 पटक पढिएको
  • ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

    काठमाडौँ / ललितपुरमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका -४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय सन्दिप कुमार शर्मा रहेको प्रहरीले जनाएको छ । शर्माले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 92 पटक पढिएको
  • युक्रेनलाई हराउँदै वेल्स विश्व कपमा छनोट

    एजेन्सी / युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा वेल्सले युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्यो ।खेलको ३४ औँ मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेको आत्मघाती गोल नै वेल्सको जितका लागि निर्णायक बन्यो । जितसँगै सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्व कपमा छनोट भएको हो । अब वेल्सले समूह बी मा रहेर विश्व कप खेल्नेछ ।  यो समूहमा इङ्ग्ल्याण्ड, अमेरिका र इरान छन् ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 56 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.