समाचार

    Showing 21,891-21,900 of 25,992 items.
  • झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङ पुगेका वृद्ध खेतमा भेटिए

    बिर्तामोड / झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङ पुगेका वृद्ध खेतमा भेटिएका छन् । मोरङको उर्लाबारीमा  बयरडाँगी स्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना हुन पुगेका नैनसिंह बिक शनिबार मृत भेटिएका हुन् । विकको शव आइतबार खेतमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।विकको मृत्युको कारण भने पत्ता लागेको छैन् । उनको शव पोस्टमार्टमको लागि मङ्गलबारे अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 104 पटक पढिएको
  • काठमाडौँको नयाँ बसपार्कबाट कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

     काठमाडौँ / काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- १७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु बिक रहेको प्रहरीले जनाएको छ ।    प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट पेस्तोल र गोलीसहित शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।     जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए

    • प्रकाशित मितिः असार १२, २०७९
    • 97 पटक पढिएको
  • स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीबीच भागदौड हुँदा २३ जनाको मृत्यु

    एजेन्सी / युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ । साथै सोही भागदौडमा परी सयौँ आप्रवासी घाइते भएका हुन् । भागदौडका क्रममा भीड नियन्त्रण गर्न खोज्दा केही प्रहरी पनि घाइते भएका छन् । मोरक्कोको नादोर र मेलिलाबीचको सीमाना नाघेर २ हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो ।सुरक्षाकर्मीले उनीहरूलाई सीमानाको दुवैतर्फबाट रोकेका थिए । सीमानामा रहेको फलामे बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरोक्कोको गृह मन्त्रालयले जनाएको छ । दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रि

    • प्रकाशित मितिः असार १२, २०७९
    • 64 पटक पढिएको
  • ललितपुरमा अब पानीपुरी बेच्न प्रतिबन्ध

    ललितपुर / ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको छ । हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जीवाणु भेटिएको भन्दै पानीपुरी बेच्न प्रतिबन्ध लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने हाछेथुले बताए । पसलमा भने पानी शुद्धीकरण गरेर मात्रै बिक्री गर्न दिइने उनको भनाइ छ ।काठमाडौँमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 68 पटक पढिएको
  • ब्राउनसुगर सहित ५ जना पक्राउ

    बिर्तामोड / झापाको शिवसतासी नगरपालिका- १० दोमुखा स्थितबाट अवैध  लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका- ८ इलामका २५ वर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ वर्षीय बेनु प्रसाद चिमरिया र  कन्काई- ४ का ३२ वर्षीय हेम नारायण चौधरी रहेका छन् । लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले १७ ग्राम लागूऔषध ब्राउनसुगर, नगद ८८,५००, मोबाइल २ थान , र ३ थान मोटरसाइकल बरामद गरेको छ । यसैग

    • प्रकाशित मितिः असार १२, २०७९
    • 87 पटक पढिएको
  • लागू पदार्थको कारोबारलाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको छ : मन्त्री काकी

    विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागू औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागू पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताए ।‘प्रदेश सरकार लागू पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ, सबै सँगको समन्वयमा यो सम्भव पनि छ । उनले भने , आन्तरिक मामिला मन्त्रालयले पुनः स्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी

    • प्रकाशित मितिः असार १२, २०७९
    • 69 पटक पढिएको
  • छतबाट खसेर महिलाको मृत्यु

    झापा / महोत्तरीमा  छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका- ४ सुगागाउँ घर भई हाल गौशाला- ५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गएराति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 66 पटक पढिएको
  • मोरङको बुढीगंगाबाट ८ केजी गाँजा सहित १ जना पक्राउ

    बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिका- ६ घेरावनीबाट लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाइकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो । मोटरसाइकलबाट गाँजा बरामद भए सँगै मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका- ३ का ४५ वर्षीय नेत्र भट्टराईलाई समेत पक्राउ गरेको छ । गाँजा सहित पक्राउ भट्टराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 62 पटक पढिएको
  • पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु

    बिर्तामोड / धनकुटा नगरपालिका -६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि. को क्षेत्र भित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिल बहादुर राईको १४ वर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका- ५ का विजय राईको १५ वर्षीय छोरा सोनिम राई रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो उक्त पोखरीमा पौडी खेल्न गएका बालकहरू डुबेर घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 66 पटक पढिएको
  • मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बिर्तामोड / मोरङमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा ४ का ६९ वर्षीय मंगल राम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा घाइते भएका साइकलमा सवार रामको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्स चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलको ठक्करबाट बुढीगंगा ५ का २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ । प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बूढीगंगा ४ स्थित प्रिमियर वायर उद्योग अगाडि श्रेष्ठलाई ठक्कर दिएको थियो ।&nb

    • प्रकाशित मितिः असार १२, २०७९
    • 57 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.