समाचार

    Showing 21,841-21,850 of 25,992 items.
  • बाढी र डुबानबाट मोरङमा ३६७ परिवार विस्थापित

    विराटनगर  / मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबार देखि लगातार परेको वर्षा बुधबार समेत जारी छ ।जोखिममा परेका नागरिकको उद्धारमा नेपाल प्रहरीले सहयोग गर्दै आएको छ । हालसम्म विराटनगर महानगरपालिका ८ का २५ घरपरिवारका ९५ जना र वडा नम्बर ७ का ३८ घरधुरीका १४५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित मध्ये १७ घरपरिवारलाई गायत्री माविमा र बाँकी आफन्तको बसेका छन् ।बेलबारी नगरपालिका –६ को बाहुनी खैटे ख

    • प्रकाशित मितिः असार १५, २०७९
    • 70 पटक पढिएको
  • प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न

    झापा  / मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ ।मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा तीन हजार ७४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८०९ र तराईमा ३३ हजार ७४५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।प्रदेशमा कूल आठ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहे पनि तीन लाख ३४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएको छ ।वर्षे धानबाली

    • प्रकाशित मितिः असार १५, २०७९
    • 63 पटक पढिएको
  • बलात्कार गरेको आरोपमा वडाअध्यक्ष सहित २ जना पक्राउ

    झापा / २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेको प्रहरीले जनाएको छ ।गत चैत १५ गते ति महिलामाथि बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः असार १५, २०७९
    • 102 पटक पढिएको
  • पेट्रोल पम्पबाट साढे ५ लाख चोरी गर्ने दुई जना पक्राउ

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका –३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट साढे ५ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिष सिलवाल रहेका छन् । काउन्टरको ताला फुटाएर नगद ५ लाख ६१ हजार चोरेर भागेका उनीहरूलाई आज (बुधबार) बिहान फक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १५, २०७९
    • 87 पटक पढिएको
  • स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

    बिर्तामोड / मोरङको रंगेली नगरपालिका- ७ स्थितमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलबार दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका विद्यार्थी रंगेली -७ का महादेव मण्डलको ४ वर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाइम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउना साथ मृत्यु भएको थियो भने सुनमको विराटनगर स्थित न्युरो अस्पतालमा थप उपच

    • प्रकाशित मितिः असार १५, २०७९
    • 93 पटक पढिएको
  • ब्राउनसुगर सहित २ जना पक्राउ

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका बिराटनगर- ६ का ४० वर्षीय  नारायण महत्तोलाई  चेकजाँच  गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागूऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागूऔषध ओसार पसारमा सप्तरी हनुमाननगर- ९ घर भई विराटनगर- ११ बस्ने २५ वर्षीय सुमन कुमार रायको समेत संलग्नता रहेको खुले सँगै रायलाई सोही स्थानबाट  स ३ प

    • प्रकाशित मितिः असार १५, २०७९
    • 66 पटक पढिएको
  • कृषि तथा पशुपक्षी विकास मन्त्री यादवले मेसिन चलाएर रोपे धान

    बिर्तामोड / १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । उनले बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  चलाएर धान रोपेका हुन् । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् । 

    • प्रकाशित मितिः असार १५, २०७९
    • 82 पटक पढिएको
  • वर्षाका कारण झापामा विद्यालयहरू बन्द

    बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिका र शिवसतासी नगरपालिकाले सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिएका छन् । गत सोमबार देखि परेको अविरल वर्षासँगै विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि दुई पालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको हो । लगातरको वर्षाले सडकहरू भत्केका कारण बालबालिकाहरूलाई हिँड्डुलमा समस्या हुनसक्ने भएकाले पालिकाका सबै विद्यालयहरूलाई पठनपाठन बन्द गर्न निर्देशन दिएको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । त्यस्तै झापाका अन्य विद्यालयहरू पनि बन्द गरिएको छ । विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि

    • प्रकाशित मितिः असार १५, २०७९
    • 98 पटक पढिएको
  • धान रोप्न कृषकको खेतमा पुगे बुद्धशान्तिका अध्यक्ष र उपाध्यक्ष

    बिर्तामोड / आज असार १५ देशभर विभिन्न कार्यक्रमका साथ १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । झापाको बुद्धशान्ति गाउँपालिका  गाउँपालिका  अध्यक्ष र उपाध्यक्ष सहितको टोली धान रोप्न कृषकको खेतमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यता धान रोपेर धान दिवस मनाइएको हो ।  मिलनसार कृषक समुह बुद्धशान्ति -३ र कृषि विकास शाखा बुद्धशान्तिले आयोजना गरेको कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । स्थानीय पार्वता बजगाईंको खेतमा धान रोपेर दिवस मनाइएको थियो । कार्यक्रममा ७ जना कृषक र १ जना आइ पि एम कृषक सहजकर्ता ,१ जना महिल

    • प्रकाशित मितिः असार १५, २०७९
    • 379 पटक पढिएको
  • कोलम्बियामा ५१ कैदीबन्दीको मृत्यु

    एजेन्सी / कोलम्बियाको राष्ट्रिय कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु भएको छ । अलजजिराका अनुसार आगो लागेपछि भाग्ने क्रममा ४९ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भाल्ले डल काउकाको टुलुवामा भएको उक्त दुर्घटनामा घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।  राष्ट्रपति इभान ड्यूकले ट्वीट मार्फत मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन् ।  

    • प्रकाशित मितिः असार १५, २०७९
    • 48 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.