काठमाडौँ / निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन मङ्सिरभित्रै गराइसक्ने तयारी गरेको छ ।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्रै गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको जानकारी दिएका हुन् ।प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सो बारे निर्णय हुन बाँकी रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथ
भोजपुर / भोजपुरका ५ स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । गत सोमबार देखि लगातार परेको वर्षाका कारण सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातायात सेवा बन्द छ ।सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध सङ्कलनमा समस्या भएको छ । सडक ठप्प भएपछि दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्कीले बताए ।सुत्केरी र बिरामीलाई
झापा / बुटवलमा जङ्गलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको केसीले बताए । बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए । बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ
बिर्तामोड / झापाको कमल गाउपालिका - ४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक- ९ का ३६ वर्षीय दीपक नेपाल रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोडमा बुधबार ट्रकको ठक्करबाट घाईते भएका नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नेपाल दमकमा रहेको सू
झापा / पानी परेपछि घर भत्किँदा च्यापिएर कञ्चनपुरमा घर भत्किँदा ४ महिने बालिकाको मृत्यु भएको छ , भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बेदकोट नगरपालिका–५ पोखरीकी करिश्मा खुना रहेकी छिन् । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् ।बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । घाइते भएका दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
काठमाडौँ / सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउन र बनोट हेरफेर गर्न स्वीकृति दिएको हो । त्यस्तै बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेसनहरूमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०८९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइनको ल
झापा / धनुषाको एक विद्यालयमा प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार भएको छ । जिल्लाको कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार भएको हो । प्रधानाध्यापक आफूलाई दुर्व्यवहार गरेको आरोपमा औरही गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुजित यादव र ३७ वर्षीय रामनाथ यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।विद्यालयमा भौतिक निर्माण तथा मर्मत सम्भारको लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको योजना अनुसारको काम गर्ने सम्बन्धमा आयोजित अ
झापा / सप्तकोसी नदीमा पानीको बहाव बढेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ ।बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ ।अहिले कोसी ब्यारेजका ५६ मध्ये २१ ढोका खोलिएको छ । कोसीमा बहाव र जलस्तर बढेसँगै सुनसरीको श्रीलंका टापु क्षेत्रमा कटान सुरु भएको बताइएको छ ।
काठमाडौँ / ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् । ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए । उनले पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए । आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो ।यो घटना बाहिर आएपछि परिसरले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो ।
झापा / दाङमा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका- २ का ३५ वर्षीय बाबुराम थापा रहेको प्रहरीले जनाएको छ । किशोरीलाई बलात्कार गरेको खबर पाउन साथ प्रहरी चौकी पुरन धाराबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनले सोही ठाउँको विजयनेटास्थित धारामा पानी भर्ने क्रममा किशोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.