समाचार

    Showing 21,821-21,830 of 25,992 items.
  • माछा पोखरीमा डुबेर कचनकवलमा बालकको मृत्यु

    बिर्तामोड / माछा पोखरीमा डुबेर कचनकवलमा बालकको मृत्यु भएको छ  । मृत्यु हुनेमा कचनकवल गाउपालिका -४ नयाँ बस्ती बस्ने भिम बहादुर लिम्बुको ११ बर्षीय छोरा रिसान लिम्बु रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो साढे १२ बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखी प्रहरीलाई जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी पब्लिक केयर अस्पताल बनियानी पुर्याउन साथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार १७, २०७९
    • 303 पटक पढिएको
  • बुद्धशान्तिमा मृत हात्ती फेला

    बिर्तामोड  / झापाको बुद्धशान्ति गाउँपालिकामा  शुक्रबार बिहान मृत हात्ती फेला परेको छ ।बुद्धशान्ति -५ को आयाबारी स्थित स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो । हेर्दा किशोरावस्थाको जस्तो देखिने हात्ती के कारणले मरेको हो भन्ने पोस्टमार्टम रिर्पोट आएपछि मात्र थाहा हुने निमित्त वन अधिकृत राज कुमार खत्रीले जानकारी दिए । हाल मृत हात्तीलाई स्थानीय, जिल्ला वनका कर्मचारी र वनरक्षकको सहयोगमा माटोमा गाडिएको निमित्त वन अधिकृत खत्रीले  बताए । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • 88 पटक पढिएको
  • धादिङ बस दुर्घटना : ३० जना घाइते, सातकाे अवस्था गम्भीर

    धादिङ  / काठमाडौँबाट रौतहटतर्फ आउँदै गरेको यात्रुबाहक रात्री बस गएराति दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।पृथ्वीराजमार्गमा पर्ने गल्छी गाउँपालिका – ६ स्थित चिरौँदीमा प्रदेश ३–०१–००५ ख –९७२९ नम्बरको यात्रु खचाखच भएको बस सडकमा पल्टेर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार सडक बिग्रेको र घुम्ती सडकमा राती गाडी दुर्घटना भएको हो । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । ७ जना गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दि

    • प्रकाशित मितिः असार १७, २०७९
    • 58 पटक पढिएको
  • कोरियाको अध्यागमन ऐन उल्लंघन गर्ने १३ नेपाली पक्राउ

    काठमाडौँ / दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।  चार जना नेपालीहरू कृषि तथा माछा पालन मौसमी कामका रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका हुन् भने अन्य ९ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।उनीहरू सबैलाई नेपाल फर्काउने योजना बनाएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार १७, २०७९
    • 63 पटक पढिएको
  • अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

    महोत्तरी / अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर –१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । उनीहरूले महोत्तरीको जलेश्वर नगरपालिका –१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने गरेकाे प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । बिष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सिमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल

    • प्रकाशित मितिः असार १७, २०७९
    • 62 पटक पढिएको
  • बाल यौन दुरुपयोगको अभियोग लागेका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

    काठमाडौं / बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका- ६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरूको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरूले बस्नेतले माया गरेजस्तो गरी अङ्गालो हाल

    • प्रकाशित मितिः असार १६, २०७९
    • 64 पटक पढिएको
  • करेन्ट लागेर एक जनाको मृत्यु

    झापा / धनकुटामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका स्थानीय २९ वर्षीय लक्ष्मण लिम्बू रहेको प्रहरीले जनाएको छ ।छिमेकीको बिजुली अवरुद्ध भएपछि बनाउने क्रममा लिम्बूलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले बताएको छ । 

    • प्रकाशित मितिः असार १६, २०७९
    • 73 पटक पढिएको
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रेष्टुरेन्ट सञ्चालक

    झापा / मुस्ताङमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ कागबेनी बस्ने शेरथाङ सेल्फी डाँडास्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय  दिन्डुक छिरिङ गुरुङ रहेको प्रहरीले जनाएको छ ।ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • 91 पटक पढिएको
  • १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    झापा / १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका- ५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका- १० घर भएका २० वर्षीय साजन प्रजा रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई ललाइ फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः असार १६, २०७९
    • 88 पटक पढिएको
  • ग्राहकको करोडौँ रकम ठगेर उर्लाबारीका ओली फरार

    बिर्तामोड / लामो समयदेखि उनले बरगाछीमा एक हार्डवेयर पसल सञ्चालन गर्दै आएका विनोद ओली एक महिनादेखि सम्पर्कविहीन बनेका छन् । उनले ग्राहक र स्थानीयको करोडौँ रकम ठगेर फरार भएका हुन् । चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिएका उनले स्थानीयवासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौँ कुम्ल्याएर फरार भएको पाइएको छ । प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरीको चाङ छ । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितहरूको गुनासो छ । ओलीलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्ल

    • प्रकाशित मितिः असार १६, २०७९
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.