बिर्तामोड / मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं -१ बिर्ताबजारका स्थानीय तिलक मल्लिक रहेको प्रहरीले जनाएको छ । तिलकले शुक्रबार राति श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाई हत्या प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरूको घर पनि जलेको छ’ उनले भने ।शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो । घरमा गम्भीर अवस्थामा रहेकी बबिता
एजेन्सी / इरानको दक्षिणी क्षेत्रमा शनिबार गएको भूकम्पमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनले जनाए अनुसार ६.३ म्याग्निच्यूटको भूकम्पमा परी थप ४४ जना घाइते भएका छन् ।हर्मोजगान प्रान्तको सायद खोस गाउँ भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको र त्यहाँ करिब ३ सय मानिसको बसोबास रहेको बताइएको छ । उक्त स्थानमा उद्धार टोली खटाइएको छ । भूकम्पमा भवन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा पटक पटक भूकम्प जाने गरेको छ । यस अघि नोभेम्बरमा ६.४ र ६.३ म्याग्निच्यूटको भूकम्प जादा एक जनाको मृत्यु भएको थियो । इरानको बाम सहरमा सन् २००३ मा गएको ६.६ म्य
झापा / चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका- १३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
बिर्तामोड / मोरङको रंगेली नगरपालिका- १ बिर्ताबजारस्थित तिलका मल्लिकको घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलकाकी श्रीमती ३१ वर्षीया बबिता मल्लिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार राती १० बजे टिनको घरमा आगलागी हुँदा घाइते बबिताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको हो । घटनास्थलमै बोल्न नसक्ने अवस्थामा रहेकी घाईतेलाई इलाका प्रहरी कार्यालय सखरदिनाका प्रहरी टोलिको सहयोगमा कोशी अस्पतालमा उपचारका लागि पठाइएको थियो ।उपचारका क्रममा बबिताको शनिबार बिहान ६ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । आगलागीबाट
झापा / गुल्मीमा १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका ६ स्थित ३५ वर्षीय जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले असार १४ गते दिउँसो ३ बजे गोठमा भाइबुहारीलाई बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शनिबार बाराको निजगढ पुगेका छन् ।प्रधानमन्त्री शेर बहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत निगजढ पुगेका हुन् ।प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको स्थलगत अवलोकनका लागि शीर्ष नेताहरू त्यहाँ पुगेका जनाइएको छ । गठबन्धनका नेताहरू निजगढको निरीक्षण गरेर शनिबार नै काठमाण्डु फर्किने कार्यक्रम छ ।
झापा / बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह रहेको प्रहरीले जनाएको छ । शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको हो ।
बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका -१२ चौकी मोड स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरी उपमहानगरपालिका -१२ स्थित रिलायन्समा काम गर्ने ५० वर्षीय लालु प्रसाद विश्वास रहेका छन् ।शुक्रबार बेलुका पौने ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमती प्रदेश -०२- ०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाइते भएका साइकल यात्री विश्वासको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको थियो । मोटरसाइकल चालक काठमाडौँ नागार्जुन नगरपालिका - ८
काठमाडौँ / पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको पार्टी ’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको जानकारी दिइएको हो ।दल दर्तापछि रविले पार्टी दर्ता भएको र चुनाव चिह्न गोलाकार भित्रको घन्टी भएको जानकारी दिए ।दल दर्ता भएसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन् ।पार्टीमा सभापति रवि लामिछाने रहेको र सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली,
झापा / शुक्रबार राति पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर -७ बिदिनमा पहिराले घर बगाउँदा बेपत्ता भएका ३ जना मध्ये १ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ४२ वर्षीय रूपलाल मगरको शव फेला परेको हो । बेपत्ता भएका ३ मध्ये २ जनाका खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.