काठमाडौँ / रामेछापको सुनापति गाउँपालिका -५ लुभुघाटमा भएको बस दुर्घटनाका घाइते मध्ये थप चार जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार मृत्यु हुनेमा सुनापति –५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेका छन् । मंगलबार बिहान हिलेदेवीबाट काठमाडौं जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस सडकबाट करिब तीन सय
झापा / सिरहा र पाल्पामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो । पाल्पाको गुल्मी छत्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३ वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ ।डुबेर अचेत अवस्थामा भेटिएका उनक
सङ्खुवासभा / जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपुर्ति भराउने फैसला भएको हो ।अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार १७ वर्षीय किशोरलाई भने १६ वर्ष कारावासको सजाय भएको छ । गत भदौ २१ गते सङ्खुवासभाको उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।उनीहरूको हत्याको आरोपमा प्रहरीले २८
बिर्तामोड / सात राउन्ड गोली सहित इलामबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका- ९ ढोडे बस्ने ३५ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । राईले राइफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / सङ्खुवासभामा ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका- २ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं / रामेछापको सुनापती गाउँपालिका –५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । हिलेदेवीबाट काठमाडौं जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा नै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताए । दुर्घटनामा परी घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल पठाएको बताइएको छ ।
झापा / सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी २६ वर्षीया महिलालाई बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका- ९ स्थित सुकुटे बीच एडभेन्चर क्याम्प रिसोर्टको टेन्टमा सुतिरहेकी युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ । बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे
काठमाडौँ / साताको तेस्रो दिन नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा समान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय रुपैयाँ पुगेको छ ।मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
दाङ / दाङमा चट्याङ्ग लागेर २ जना बालकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका –६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेका छन् । त्यस्तै चट्याङ लागेर ऐरावती –६ का ५ जना र वडा –१ दाङ्बाङ्गका ४ जना घाइते भएका छन् ।
मोरङ / मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका –१ का ४४ वर्षीय भानु याङदेन र सुनसरीको धरान उपमहानगरपालिका – ११ का ३८ वर्षीय राजु घिमिरे रहेका छन् । भारतबाट नेपाल तर्फ आउँदै गरेका याङदेनलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाइजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको छ । यसैगरी घिमिरेलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घिमिरेको स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.