बिर्तामोड / मोरङको बेलबारी नगरपालिका- ८ पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक- ४ का १४ वर्षीय राजु बराइली रहेका छन् । आज बिहान ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किँदा कार चालक बेलबारी - १ का २२ वर्षीय सन्दिप लामिछाने र कारमा सवार दमक- ४ का १४ वर्षीय बराइली घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बेलबारी अस्पताल पठाइएको र बराइलीलाई थप उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा बराइलीको मृत्यु भएको इलाका प्रहरी कार्या
काठमाडौँ / उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले कार्यविधि मिचेर आफ्ना स्वकीय सचिवलाई कन्सुलर (वाणिज्य) पदमा पठाउने निर्णय गरेका छन् । मन्त्री बडुले वाणिज्य अधिकृतका रुपमा स्वकीय सचिव दुर्गा भुसाल र प्रधानमन्त्री कार्यालयमा कार्यरत प्रधानमन्त्रीका निजी सचिव जनक भट्टलाई कलकत्ता र जेनेभा पठाउने निर्णय गरेका हुन् ।वाणिज्य मन्त्रालयले यसअघि जेनेभा र कलकत्ता पठाउनको लागि कार्यविधि बनाएको थियो । जसअनुसार कर्मचारी छनौट गर्न समिति समेत गठन गरिएको थियो । तर, यसपटक भने मन्त्रालयले कार्यविधि लत्याएर मन्त्री र प्रधानमन्त्रीका पिएलाई पठाउने निर्णय गरेको हो ।वाणिज्य मन्त्रालयमा
बिर्तामोड / मोरङमा को सुन्दरहरैचा नगरपालिका- ४ का हरि खड्काको - ५ वर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । आज बिहान साँढे ९ बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी वेदान्त अस्पताल इटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शर्माका अनुसार आज बोर्डको बैठक बसेर एसइईको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीले परीक्षा दिएका छन् ।
विराटनगर / मोरङ प्रहरीले करिव ५ लाख १३ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा र खाद्यान्न सामाग्री बरामद गरेको छ । मंगलबार बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त कपडा र खाद्यान्न सामाग्री बरामद गरेको हो । भन्सार छली गरेको सामान लिएर नेपाल तर्फ आउँदै गरेको मे.१च २२८६ नम्बरको मारुती भेन मोरङको विराटनगर महानगरपालिका –१६ स्थित दरैयाबाट उक्त मेन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर –१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्य
झापा / नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाका एक युवा मंगलबार राती चारआली जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घरबाट किराना पसलका लागी सामान किन्न बिर्तामोड आएका बुद्धशान्ति– ४ मन्दिरचोक निवासी मनकुमार पौडेल जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका उनी साँझ छ बजेसम्म पनि घर फर्किएनन् । घर नगएपछि उनको खोजी सुरु गरिएको थियो । राति नौ बजे चारआली जङ्गलमा उनी मृत भेटिएका हुन् । हाल उनको शवलाई पोस्टमार्टमका लागी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । परिवारजनले भने हत्या भएको आशंका गर्दै छानविनको माग गरे
एजेन्सी / भारतका १९ सांसद निलम्बित भएका छन् । भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको हो । मर्यादाविपरीत संसद्मा हङ्गामा गरेको भन्दै उनीहरूलाई एक हप्ताका लागि निलम्बन गरिएको बताइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार निलम्बित हुनेमा तृणमूलका सांसद सुष्मिता देव, डा शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रञ्जन विश्वास र नदीमुल हक छन् ।विपक्षी दलका यी नेताहरू संसद् अवरोध गरी काम कारबाहीमा बाधा पुर्याएको उपसभापतिको आरोप छ ।त्यस्तै सोमबार लोकसभा अन्तर्गत कांग्रेसका चार सांसदलाई निलम्बन गरिएको थियो । जसमा मणिक्कम टेगोर, टीए
झापा / सल्यानमा टिकटक बनाउने क्रममा एक युवक चिप्लिएर कुपिण्डे तालमा बेपत्ता भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय वेद बहादुर बस्नेत तालमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मंगलबार दिउँसो साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा उनी चिप्लिएको प्रहरीले बताएको छ । बस्नेतको खोजी कार्य जारी राखेको सल्यान प्रहरीले बताएको छ ।
काठमाडौँ / प्रतिनिधिसभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।प्रतिनिधिसभाको अर्को बैठक १३ साउन शुक्रबार बिहान ११ बजे बस्नेछ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.