समाचार

    Showing 21,481-21,490 of 25,992 items.
  • बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / प्रदेश प्रहरी कार्यालय विराटनगरको आर आइ टि बाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं - ६ घर भई हाल सुनसरी धरान उप- महानगरपालिका वडा नं ०९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की रहेका छन् । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज धरान उपमनपा वडा नं १२ छाताचोक स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । फरार रहेका कार्कीको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरिवाना भई लगत नं ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 113 पटक पढिएको
  • थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं / देशभरमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 95 पटक पढिएको
  • चितुवाको छालासहित २ जना पक्राउ

    झापा / कञ्चनपुरको कृष्णपुर नगरपालिका- ३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका- ३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कृष्णपुर नगरपालिका- ३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 75 पटक पढिएको
  • मानव अधिकार आयोगद्वारा एक वर्षमा ४१२ उजुरी फर्छ्यौट

    काठमाडौँ  / राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ मा ४१२ वटा उजुरी फर्छ्यौट गरेको छ । आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार पुनः पेस गरिएका उजुरीहरू समेत गरी आयोगले ४ सय १२ वटा उजुरीहरू उपर निर्णय गरेको हो । आयोगले ३ सय ५१ उजुरीहरू फर्छ्यौट गर्दै नेपाल सरकारलाई नीतिगत ६ र उजुरी गत ८५ गरी कुल ९१ वटा सिफारिस गरेको पोखरेलले बताए ।त्यस्तै, फर्छ्यौट गरिएका उजुरीहरूमा ९ उजुरी खारेजी भएका छन् भने २ सय ५१ उजुरी तामेलीमा छन् । ६१ वटा उजुरीहरू भने पुनः पेस भएका थिए । यो वर्ष ४ हजार २ सय १४ वटा उजुरीहरू जिम्मेवारी सरेर आएका थिए ।तीमध्ये अनुसन्धान सम्पन्न भई निर्णयका लागि

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 76 पटक पढिएको
  • सहयोग गर्ने बहानामा १९ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास गर्ने युवक पक्राउ

    झापा / रूपन्देहीको सैनामैन सालझण्डीमा घाँस काट्न जङ्गलमा गएकी १९ वर्षीया किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय नीलमणि नेपाली रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।सैनामैन नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जङ्गलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी  किशोरीलाई सहयोग गर्ने बहानामा बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ । जङ्गलमा दाउरा काट्न गएका नेपालीले सहयोग गर्ने बहनामा एकान्त स्थानमा संवेदनशील अंग छुँदै बलात्कार गर्न खोजेको भन्दै ती किशो

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 162 पटक पढिएको
  • अनलाइन ग्याम्बलिङमा संलग्न चार जना पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका- २६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र १ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड सहित उनीहरूलाई पक्राउ गरेको हो ।&nb

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 100 पटक पढिएको
  • अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल भ्रमणमा आउँदै

    काठमाडौं / अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोलि (शुक्रबार) साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लुले नेपाल भ्रमण गरेका थिए ।

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 74 पटक पढिएको
  • रसुवामा जंगली च्याउको सेवनबाट ११ जना बिरामी

    झापा / रसुवाको पुरानो तातोपानी क्षेत्रमा जङ्गली च्याउको सेवनबाट ११ जना बिरामी भएका छन् ।जिल्ला अस्पताल धुन्चेका मेडिकल अधिकृत डा । निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशूली अस्पताल रिफर गरिएको छ ।उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 66 पटक पढिएको
  • मनसुन सक्रिय रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

    काठमाडौँ / आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ उनले भने । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान को  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 80 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    बिर्तामोड / झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार साँझ झापाको कमल गाउँपालिका – ५ पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश-०३- ००१ क २१२ नम्बरको  ट्रिपरले साइकल यात्री तुम्बेवा गाउँपालिका- ५ पाँचथरका १६ वर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिँदा लिम्बुको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका- ४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधव

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.