समाचार

    Showing 21,461-21,470 of 25,992 items.
  • चिनियां राजदूत काठमाडौं फिर्ता

    काठमाडौँ / नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छी नेपाल फर्किएकी छन् । दुई महिना लामो बिदा सकेर यान्छी आइतबार एअर चाइनाको विमानबाट छेन्दु हुंदै नेपाल फर्किएकी हुन् ।उनी गत मे ३१ मा हिमालयन एअरलाइन्सको उडानबाट खुन्मिङ्ग हुँदै बेइजिङ्ग गएकी थिइन् । यान्छी दुई महिना लामो बिदा सकेर आजै बिहान नेपाल फर्किएकी हुन् । उनि नेपालबाट चांडै बढुवा भएर स्वदेश फर्कने समाचार छ ।यान्छीले चीन फर्केर हङकङ वा ताइवान हेर्ने जिम्मेवारी पाउने सम्भावना छ । यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाने टुंगो लागेको छ ।उनको अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तय भएको स्रोत बताउंछ । नेपाल र चीनका अधिकारीहरु मन्त्री खड

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 62 पटक पढिएको
  • खोटाङ भूकम्प अपडेटः भोजपुरमा दुई र खोटाङमा एक घर क्षतिग्रस्त

    झापा / खोटाङमा केन्द्रबिन्दु बनाएर आइतबार बिहान गएको भूकम्पले जिल्लाकै एउटा कच्ची घर भत्किएको छ।खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले साकेला गाउँपालिकास्थित रहेको कच्ची घर भत्काएको हो ।साथै छिमेकी जिल्ला भोजपुरको भोजपुर नगरपालिका –१२ स्थित टक्सारमा पनि भुकम्पले दुई वटा घर क्षतिग्रस्त भएको छ । मानवीय क्षति भएको विवरण भने उपलब्ध नभएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 132 पटक पढिएको
  • आज प्रदेश १ सहित केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ / हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू–भागका केही

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 114 पटक पढिएको
  • साफ यु- २० च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं / भारतमा जारी साफ यु- २० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ । भारतको भुवनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ ।दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो । नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो ।पहिलो खेलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्त्वपूर्ण छ ।

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 111 पटक पढिएको
  • खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

    बिर्तामोड / खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ः१३ बजे भूकम्प गएको हो।भूकम्पको धक्का खोटाङ र त्यस आसपासका जिल्लामा कडा महसुस भएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार काठमाडौँ उपत्यकामा समेत भुकम्पको धक्का महसुस भएको थियो । क्षतिको विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 158 पटक पढिएको
  • किर्ते राहदानी बनाइ ठगी गरेको आरोपमा ४ पक्राउ

    काठमाडौँ / राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका- १० चुन्वाङका २८  वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका- २ का २२  वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका- २ सुन्दरीजलका ४१ वर्षीय विवेक गुरुङ रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका- ११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको हो । गुरुङ रोज बर्ड नामक फोटो स्टुडियोका सञ्चालक समेत हुन् ।

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 66 पटक पढिएको
  • थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,  भने दुई जनाको मृत्यु भएको छ ।यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । 

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 101 पटक पढिएको
  • इन्सुरेन्सको २ करोड ५० लाख भुक्तानी लिन सर्जनको हत्या गर्ने गिरोह पक्राउ

    झापा / योजनाबद्ध रूपमा बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विककी श्रीमती भनिने सपना मल्लसहित सजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरेको हो ।विपन्न परिवारका बिकलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भनी सङ्गठित गिरोहले नक्कली विवाह गराइदियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनिन् सपना मल्ल । उनैलाई इच्छाइएको व्यक्ति राखेर रिलायन्स इन्सुरेन्समा साँढे दुई करोड रुपैयाँको बीमा गराए ।उनको आम्दानी २ ल

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 274 पटक पढिएको
  • एक हजार चोरेको आरोपमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    झापा / रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा आफ्नै श्रीमान श्रीमतीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका श्रीमान यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्या

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 109 पटक पढिएको
  • आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

    झापा / बैतडीमा बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका ५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी रहेका छन् । लोकराजले पारो प्रहार गर्दा उनकै बुबाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.