समाचार

    Showing 21,411-21,420 of 25,992 items.
  • सरकारको गर्यो वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त

    काठमाडौँ / सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । यस भन्दाअघि अधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गर्नुका साथै दुई पटक स्पष्टीकरण समेत सोधिसकेको थियो ।कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएको उनीमाथि आरोप लागेको थियो । त्यस्तै सार्वजनिक प्रतिस्पर्ध

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 160 पटक पढिएको
  • करेन्ट लागेर सप्तरीमा तीन जनाको मृत्यु

    झापा / सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 151 पटक पढिएको
  • स्रोत नखुलेको ४९ लाख नगद सहित एकजना पक्राउ

    काठमाडौं / स्रोत नखुलेको रकम सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका- १ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका- ६ भृकुटी चोकबाट बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई उक्त रकम ३२ लाख ५० रुपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । यस सम्बन्धमा थप

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 182 पटक पढिएको
  • सुन र विभिन्न प्रकारका हातहतियार सहित २ जना पक्राउ

    झापा / निलकण्ठ नगरपालिका- ३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका- ४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन् । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेँलो धातु र अमेरिकी डलर जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जिल्ला प्

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 129 पटक पढिएको
  • चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

    काठमाडौं / काठमाडौंबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।उनले भने, ‘म्याद थप गर्दैछौ, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौ ।’ पक्राउ पर्नेहरू चाहिँ सबै नेपाली नागरिक हुन् । 

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 174 पटक पढिएको
  • इन्धनको मूल्य समायोजन गर्न माग गर्दै आयल निगम अगाडि प्रदर्शन

    काठमाडौं / धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा समेत नेपालमा पुरानै दर कायम राखिएको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिएको हो । तर, सरकारले बुधबार नै विज्ञप्ति जारी गर्दै तत्काल इन्धनको मूल्य घटाउन नसक्ने जनाइसकेको छ । आयल निगम अझै २३ अर्ब घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन गर्न नसक्ने विज्ञप्तिमा जनाएको छ । १५ दिनको बीचमा भारतले दुई पटक इन्धनको मूल्य घटाएर पठाएपछि न

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 154 पटक पढिएको
  • चिनियाँ नागरिक अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

    काठमाडौं / लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जना पक्राउ गरिएको छ । बुधबार राति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरू सबै नेपाली रहेका छन् ।बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।उनीहरूले तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटेको प्रहरीले दाबी गरेको छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती माग गरिएको बुझिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । अपहर

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 73 पटक पढिएको
  • सप्तकोसी बाढी प्रभावितका लागि प्रदेश १ सरकारले पठायो राहत सामाग्री

    सुनसरी / सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । सप्तकोसीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो । सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कील

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 173 पटक पढिएको
  • कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    झापा / बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी बुधबार उदयपुरको बेलका नगरपालिका –८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 93 पटक पढिएको
  • इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज अवतरण

    झापा / नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन - एएनएफजहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । १० माइल उडेको जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । चालक दलका सदस्यसहित ७९ जना यात्रा सवार जहाज अहिले सुरक्षित अवतरण भएको छ । 

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.