समाचार

    Showing 21,341-21,350 of 25,992 items.
  • बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौँ / काठमाडौँको बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ।  जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार बुधबार दिउँसो १२ बजेतिर जुत्ता कारखानामा आगलागी भएको हो । काठमाडौँ र ललितपुरका दमकल पुगेर आगो निभाइ रहेको  प्रहरीले जनाएको छ । नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 97 पटक पढिएको
  • विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

    झापा / ताप्लेजुङको एक विद्यालयमा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । मैवाखोला गाउँपालिकामा रहेको मैवाखोला माध्यमिक विद्यालय बुधबारदेखि बन्द गरिएको हो ।कक्षा १० का एक विद्यार्थीको एन्टिजेन रिपोर्ट देखिएपछि १० दिनका लागि बन्द गरिएको प्रधानाध्यापक भक्तबहादुर लिम्बूले बताए । यसैबीच विद्यालय रहेको मैवाखोला गाउँपालिका -२ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।गाउँका धेरै जना बिरामी परेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । परीक्षणका लागि एन्टिजेन किट लगायतका सामग्री स्वास्थ्य केन्द्रमा रहेको र विशेष सावधानी अपनाउने काम भइरहेको वनेमले बताए ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 155 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ ।बुधबार चाँदीको मूल्यमा भने गिरावट देखिएको छ । चाँदीको भाउ मङ्गलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो । चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 101 पटक पढिएको
  • उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ जना आकां‌क्षी

    झापा / उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा २७७ आकाङ्क्षीले उमेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।कूल आवेदन परेकामध्ये २५५ पुरुष र १९ महिला छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरी सूची प्रका

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 78 पटक पढिएको
  • फौंज घटिरहेको बेला सशस्त्रले मालीमा एफपियू खटाउँदै

    झापा / सशस्त्र प्रहरीको टोली मालीमा शान्ति स्थापनार्थ खटिने भएको छ । शान्ति मिसनमा प्रहरी र सशस्त्रको फौंज घटिरहेको बेला सशस्त्रले अफ्रिकी देश मालीमा फर्म्ड पुलिस युनिट (एफपियू) खटाउने भएको हो । यसअघि सशस्त्रको मिसन लाइवेरिया भएपनि बन्द भएको ८ वर्ष भइसकेको छ । हाल सशस्त्रको एउटा मात्र एफपियू साउथ सुडानमा तैनाथ छ । त्यो पनि एक दुई वर्षभित्र फर्काउने संकेत राष्ट्रसंघले दिइसकेको छ ।मालीमा सेनाको इन्जिनियरिङ बटालियन समेत तैनाथ छ । संयुक्त राष्ट्रसंघले सशस्त्र प्रहरीलाई मालीमा फौंज खटाउनको लागि तयार गर्न पत्र पठाइसकेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नो नियुक्ति भएदेखि नै यूएन

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 146 पटक पढिएको
  • हृदयघातका कारण बरिष्ठ छायाँकार विदुर पाण्डेको निधन

    काठमाडौं / बरिष्ठ छायाँकार विदुर पाण्डेको ५४ वर्षको उमेर आज बिहान निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । संघका अध्यक्ष पुस्कर लामाका अनुसार पाण्डेलाई सीतापाइलास्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । पाण्डेले ‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । उनले हजारौँ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्रमा छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 131 पटक पढिएको
  • आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    झापा /  संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । आजको दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद व

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 162 पटक पढिएको
  • ब्राउनसुगर सहित अर्जुनधाराबाट एक युवक पक्राउ

    बिर्तामोड / झापा अर्जुनधारा नगरपालिका ११ स्थित चिया बगानबाट लागूऔषध ब्राउनसुगर सहित १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय लाल बहादुर दर्जी रहेको प्रहरीले जनाएको छ । मंगलबार बेलुका साढे ७ बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका दर्जीको सम्बन्धमा  इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 182 पटक पढिएको
  • मोटरसाइकल ठक्करबाट महिलाको मृत्यु

    बिर्तामोड / मोरङको बेलबारी नगरपालिका- ६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीया सितादेबि ढकाल रहकी छिन् । मंगलबार राती पौने ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक  मोरङ बेलबारी- ६ का २३ वर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिई  घटना सम्बन्धमा  इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।  

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 148 पटक पढिएको
  • भन्सार छली ल्याउँदै गरेको विभिन्न सामान सहित २ जना पक्राउ

    झापा / सर्लाहीको बलरा नगरपालिका- १ सेढवामा भारतबाट भन्सार छली ल्याउँदै गरेको एलईडी ३५ थान र हटकेश २८ थान गरी करिब ७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सामान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी  ग्राम पंचायत मनिहारी- १३ बस्ने २१ वर्षीय कबि कुमार बनिया र भारत रामनगरा -१० बस्ने २० वर्षीय सुनिल कुमार साह रहेका छन् ।  बीआर ३० पीए ३४०८ नम्बरको टेम्पुलाई इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी टेम्पु चालक कवि कुमार र सुनिल कुमारलाई पक्राउ

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.