समाचार

    Showing 21,151-21,160 of 25,992 items.
  • गूप्तचरको प्रमुखमा थापा नियुक्त

    झापा / राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई गूप्तचरको प्रमुखमा नियुक्त गरेको हो ।हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले बुधबारदेखि लागू हुने गरी थापालाई नियुक्ति गरेको हो । गुप्तचर विभागको प्रमुखका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई नै प्रमुख नियुक्त गरेको हो ।सोमबार बसेको बैठकले डिआईजी टेकेन्द्र कार्कीलाई समेत एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । थापापछि जोशी र कार्कीमध्ये एक जना गूप्तचरको आईजीपी बन्नेछन् ।

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 105 पटक पढिएको
  • यस्तो छ आजको मौसम

    काठमाडौँ / आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशभर सामान्य  बदली  रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।देशका पहाडी भू -भागका केही र बाँकी भू -भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 139 पटक पढिएको
  • निर्वाचनको मुखमा फेरिए गृहसचिव : पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पठाएर सिंहलाई दिइयो जिम्मेवारी

    झापा  / सरकारले निर्वाचनकै मुखमा गृहसचिव परिवर्तन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर विनोदप्रकाश सिंहलाई गृहमा ल्याएको छ । सिंह प्रदेश नं १ मा प्रमुख सचिव थिए ।यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सरकारले सम्पत्

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 68 पटक पढिएको
  • ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बिर्तामोड / भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छिन् ।मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 174 पटक पढिएको
  • आसन्न निर्वाचनमा तीन तहको सुरक्षा घेरा

    काठमाडौँ  / प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको गृह प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।बैठकले तहमा सुरक्षा घेरा बनाउने निर्णय पारित गरेको उनले बताए । निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या परिचालन गर्ने बैठकले निष्कर्ष निकालेको छ ।निर्वाचन सुरक्षाको पहिलो घ

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 72 पटक पढिएको
  • सामुदायिक वनको संरक्षण गर्नु पर्छ : वन मन्त्री थापा

    सरोज निरौला काठमाडौँ / वनलाई पर्यटकीय हव बनाउन सामुदायिक वनहरु लाग्न वन वातावरण तथा भु- संरक्षण मन्त्र शेखर चन्द्र थापाले आवहान गर्नु भएको छ । मन्त्र थापाले डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समुहको २० औं साधारण सभामा बोल्दै जीवन र जनता सँग सरोकार राख्ने विषय जनतालेनै संरक्षण गर्न सक्छ भन्ने अवधारणले सामुदायिक वन निर्माण भएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतीथि प्रदेश नम्बर १ का वन, वातावरण तथा भु-संरक्षण मन्त्र शेखर चन्द्र थापाले जङ्गल , जमिन , जनता र जल  जीवनका  महत्वपूर्ण पक्ष भएका कारण यसको संरक्षणमा सामुदायिक वनले ध्यान दनिु पर्ने बताउनु भयो ।  जीवनका&n

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 140 पटक पढिएको
  • नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने अभियुक्त पक्राउ

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २ जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने अभियुक्तहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका -१ बस्ने २० वर्षीय विकास लिम्बू र सोही स्थान बस्ने १९ वर्षीय मौसम भनिने राजन लिम्बू रहेका छन् । उनीहरु दुवैले १४ बर्षिया र १३ बर्षिया नाबालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका दुवैलाई  इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 150 पटक पढिएको
  • विशिष्ट ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम

    विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा विशिष्ट ब्यक्तिको सुरक्षा तालिम उद्घाटन भई तालिम सञ्चालन भएको छ । आज (आइतबार) बिहान यस कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उद्घाटन गरेका हुन् । तीन कार्य दिन अवधिको विशिष्ट ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा विशिष्ट ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायब निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ । 

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 88 पटक पढिएको
  • करेन्ट लगाई माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु

    बिर्तामोड / झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।शनिबार अपरान्ह याङबरक गाउँपालिका –६ पाँचथर घर भई बुद्धशान्ति –२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका –३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।घाईते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तामोडस्थित बि.एन्ड. सी अस्पताल ल्याइपुर्याउन साथ मृत्यु भएको हो । यस्तै हल्दीबारी गाउँपालिका –५ का ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिबार भुतेनी खोला

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 113 पटक पढिएको
  • स्रोत नखुलेको १५ लाख नगद सहित २ जना पक्राउ

    बिर्तामोड / सर्लाहीको मलङ्गवा नगरपालिका -८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका -६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका -१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जना रहेका छन् । उनीहरूलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्ब

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.