समाचार

    Showing 21,081-21,090 of 25,992 items.
  • कपनको आगलागीमा परेका मृतक तीन जनाकै पहिचान खुल्यो

    काठमाडौँ  / काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।प्रहरीका अनुसार आगलागीमा परी ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करु

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 102 पटक पढिएको
  • बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    भक्तपुर / भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिँडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 141 पटक पढिएको
  • आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

    काठमाडौं / मंसिर ४ गते  हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको हो  । आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ । आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरण समेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिने आयोगले जानकारी दिएको

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 139 पटक पढिएको
  • भारतबाट आएकै दिन श्रीमतीको हत्या, छोराछोरी माथि पनि निर्घात कुटपिट

    कैलाली / कैलालीको गौरीगंगा नगरपालिका –५ का अन्दाजी ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मगरले अन्दाजी ३२ वर्षीया श्रीमती ललिता नाम्जाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । शेरबहादुरले आफ्ना छोराछोरीलाई समेत कुटपिट गरेका छन् । बुबाको कुटपिटबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् ।बिहीबार बिहान ललिताको शव भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको खुलेको प्रहरीको भनाइ छ । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ । रोजगारीका लागि भारतमा

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 58 पटक पढिएको
  • आगलागीमा परि तिन जनाको मृत्यु

    काठमाडौं / बुधबार बेलुका कपनको एक घरमा भएको आगलागीमा परि तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्लेजुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।राममन्दिर नजिकै रहेको एक ट्रेकिङ कार्यालयमा अक्सिजन सिलिन्डरहरू पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरूको भने उद्धार गरिएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 134 पटक पढिएको
  • प्रदेश १ मा यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाताको संख्या २२ (भिडियाेसहित)

    झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ का २२ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ का १४ जिल्ला मध्ये सात ओटा जिल्लाका २२ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले मतदान गर्न पाउने भएका हुन् । जसमध्ये झापाबाट ८ जना मोरङबाट ६, इलाम, सुनसरी र उदयपुरबाट २–२, भोजपुर र ओखलढुङ्गामा एक–एक जना छन्  भने ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु र खोटाङको मतदाता नामावलीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समावेश छैनन् ।त्यस्तै मधेस प्रदेशमा ७० जना, कर्णालीमा ३, वाग्मतीमा २७, गण्डकीमा ११, लुम्ब

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 83 पटक पढिएको
  • कैलालीमा दुई जना मृत फेला

    झापा /  कैलालीको दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका -१२ र धनगढी उपमहानगरपालिका -१ मा शव भेटिएको हो ।  प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले  त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेको छ । यसैगरी, धनगढी–१ स्थित कैलाली कारागार नजिकै एक प

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 124 पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

    बिर्तामोड / सुनसरी धरान उपमहानगरपालिका -१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका -१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 131 पटक पढिएको
  • नुहाउने क्रममा खोलामा डुबेर मृत्यु

    झापा / उदयपुरको त्रियुगा नगरपालिकामा रहेको त्रियुगा खोलामा डुबेर मृत्यु डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका -३ की २२ वर्षीया लक्ष्मी सदा रहेकी छिन् । मंगलबार दिउँसो सो खोलामा नुहाउन गएको अवस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 182 पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

    बिर्तामोड / ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका -३ का २५ वर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलबार बिहान खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।यसैगरी झापाको अर्जुनधारा नगरपालिका- १० का २७ वर्षीय इन्द्र चेम्जोङको स्थानीय सेती

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.