बिर्तामोड / मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको इन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्रयाक्टरमा बालुवा लिई फर्कने क्रममा इन्जिनको भाग माथि तर्फ उठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ वर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / झापाको भद्रपुर नगरपालिका -४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० वर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० वर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका- ४ डांगीवारीबाट पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा बिर्तामोडको ब्यापारिक महल वानस्टेपमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले आगलागी घटनाको पुष्टि गर्दै नियन्त्रणको प्रयास भैरहेको जानकारी दिएका छन। महलको एउटा कपडा पसलमा आगलागी भएको हो ।डीएसपी रुगम कुँवरका अनुसार व्यवसायी सूर्य अधिकारीले सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी भएको हो ।सो ब्यावसाहिको पहिला पनि एक्सल बैक छेउमा सञ्चालन गर्दै आएको कपडा पसलमा दुई वषृअघि पनि आगो लागेको थियो ।
बिर्तामोड / वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडकी एक बालिकाको घटना स्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड –२ चैतुबारीका रुपलाल हस्दाकी ११ वर्षीया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार कुमाल बस्तीमा रहेको हजुरआमाको घरबाट साइकलमा आफ्नो घरतर्फ फर्किँदै गरेकी अन्जुलाई बाटैमा चट्याङले हानेको थियो ।
दाङ / दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका –३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो ।मृत्यु हुनेमा लमही नगरपालिका –१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीका अनुसार दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको हो । मृतकद्वय लगातारको वर
धनकुटा / धनकुटाको पाख्रिबासमा ५४ वर्षीय उपेन्द्र ठाडाले आफ्ना छोराको हत्या गरेका छन् । पाख्रिबास नगरपालिका –९ का ठाडाले आफ्नो छोरा ३० वर्षीय सन्तोषको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। प्रहरीका अनुसार ठाडाले शुक्रबार बिहान साढे ८ बजे छोराको हत्या गरेका हुन् । घटना घरायसी विवादका कारण भएको जनाइएको छ।
काठमाडौँ / काठमाडौँको चन्द्रागिरिमा ध्यान केन्द्र पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार साँझ चन्द्रागिरि नगरपालिका –२ देउराली नजिकै रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।पहिरोमा पुरिएर ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।तामाङका अनुसार अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो ।
बारा / पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्ज सडकखण्डमा बिहीबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयां मेडिकल चितवनमा र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।मृत्यु हुने अन्य सबैजना
सप्तरी / सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो मृत फेला परेका छन् । असई सत्यनारायण यादव भारतको विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो ।शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको डीएसपी सिंहले बताए । सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए ।
धनुषा / धनुषाको जनकपुरधाममा करेन्ट लागेर दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका –२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो ।करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.