समाचार

    Showing 20,991-21,000 of 25,992 items.
  • उम्मेदवारको विरोधमा आज ३ बजेसम्म उजुरी दिन सकिने

    काठमाडौ / मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले आइतबार दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन आग्रह गरेको छ ।पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 50 पटक पढिएको
  • पहिरोले घर पुरिँदा एकै परिवारका चार बालबालिकाको मृत्यु, तीन घाइते

    हुम्ला / हुम्लाको चंखेली गाउँपालिका –६ को देनबाडामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार केही दिनदेखि लगातार परेको वर्षाका कारण खसेको पहिरोले देउच्या सार्कीकाे घर पुरिएको हो । मृतक चारै जना बालबालिका रहेको परियारले बताइन् । घाइते तीन जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ । सदरमुकामबाट सिमकोट पुग्न हिँडेर तीन दिन लाग्ने भएकाले घटनास्थलमा प्रहरी पुगिनसकेको बताइएको छ । प्रहरी पुगेपछि मात्र के कति क्षति भएको हो यकिन हुने छ । 

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 54 पटक पढिएको
  • शताव्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा सारियो

    काठमाडौं / संस्कृतिविद् एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा . डा सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 50 पटक पढिएको
  • कालिकोटमा मलामी गएका १५ जना पहिरोमा परि बेपत्ता

    काठमाडौँ / कालिकोटको तिलागुफा नगरपालिका -४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्नेछ ।  यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरू सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको शर्माको भनाइ छ ।  

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 54 पटक पढिएको
  • ‘सिते बा’ ले गरे काठमाडौं ५ बाट उम्मेदवारी दर्ता

    काठमाडौँ / हास्य श्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठकले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केही अगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा उम्मेदवारी घोषणा गरेका उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 99 पटक पढिएको
  • पहिरोले पुरिएर कालिकोटमा एकै परिवारका ५ जना बेपत्ता

    झापा / कालिकोटको  तिलागुफा -७ बालीगाउँमा पहिरो जाँदा उक्त पहिरोमा परी स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवार नै बेपत्ता भएको छ । आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए । रिमालका अनुसार घरमाथिबाट आएको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ । ५ दिनदेखि लगातारको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ८ जनाको प्रहरी टोली गए पनि पहिरो बगिरहेकाले खो

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 56 पटक पढिएको
  • ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ

    काठमाडौँ / सवारी चेकजाँचमा खटिएका प्रहरीलाई  घुस दिन खोजेको आरोपमा एकजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका स्थित परोपकार सडक खण्डमा मापसे चेक गर्न खोज्दा ५ सय दिन खोजेको आरोपमा पक्राउ पर्नेमा रौतहट घर भएका वीरेन्द्र शाह छन् ।प्र–३–०३–०१४ प ४८९७ नम्बरको मोटरसाइकलमा पछाडि बसेका शाहले ट्राफिक प्रहरी नायब निरीक्षक वीरेन्द्र रायमाझीलाई ५ सय नगद दिन खोजेका हुन् । आरोपीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागी प्रहरी वृत जनसेवामा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताए । 

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 56 पटक पढिएको
  • रामेछापबाट काठमाडौं तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ जना घाइते

    झापा / रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको रिजर्भ बस खाँडादेवी गाउँपालिका-३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना भएको छ ।आइतबार बिहान भएको सो दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।उनका अनुसार रिजर्भ गरिएको बस ओरालो मोडमा अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा बसमा सवार १६ जनामध्ये १३ जना घाइते भएका हुन् । डीएसपी थिङका अनुसार घाइतेहरूको उद्धार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 38 पटक पढिएको
  • स्रोत नखुलेको २८ लाख भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

    झापा / वीरगन्ज महानगरपालिका -१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँ २८ लाख ५६ हजार सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी -७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 68 पटक पढिएको
  • चितवन २ बाट चुनाव लड्दै रवि लामिछाने

    झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन् । उनले चितवन क्षेत्र नम्बर -२ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन दुईबाट मनोनयन दर्ता गर्ने लगभग पक्का भएको पार्टीका नेता दीपक बोहराले जानकारी दिए । उनका अनुसार चितवन -३ लाई पनि विकल्पका रूपमा राखिएको छ । चितवन -२ बाट उम्मेदवारी दिने लगभग पक्का भएको छ, बोहराले भने, निर्वाचन क्षेत्र नम्बर ३ पनि विकल्पको रूपमा छ । दिउँसो २ देखि ३ बजेभित्र मनोनयनपत्र दर्ता हुन्छ ।

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 83 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.