समाचार

    Showing 20,311-20,320 of 25,992 items.
  • महिला फुटबलको ओलम्पिक छनोट पहिलोपल्ट नेपालले आयोजना गर्ने

    झापा । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नुपर्खेछ ।छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टो

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 201 पटक पढिएको
  • अमेरिकामा चिकित्सक र बिरामी बाेकेकाे विमान दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

    अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ। गएकाे शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए) ले आज जनाएको बीबीसीमा उल्लेख छ। दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र उनको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 183 पटक पढिएको
  • सुनको भाउ घट्याे

    झापा । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 204 पटक पढिएको
  • प्रेस सेन्टर झापाको नेतृत्वमा पाठक

    झापा । प्रेस सेन्टर नेपालको शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट राजु पाठकको अध्यक्षतामा १५ सदस्यीय प्रेस सेन्टर नेपालको झापा जिल्ला समिति चयन भएकाे छ ।  समितिको उपाध्यक्षमा होम प्रकाश अधिकारी, शर्मिला पुरी र सन्तोष शर्माचयन भएका छन भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी, विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् ।कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरेको छ ।प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 616 पटक पढिएको
  • मोरङमा दुई जनाको मृत्यु

    झापा - ढिस्कोले पुरिएर र दुर्घटनामा परेर मोरङका अलग अलग स्थानमा दुई जनाको मृत्यु भएको छ।केराबारी गाउँपालिका-७ मा ढुंगा निकाल्ने क्रममा खसेको ढिस्कोले पुरेर ५५ वर्षीय तेजबहादुर मगरको शनिबार मृत्यु भएको छ।केराबारी-६ का मगरलाई खदम खेलामा गैंती प्रयोग गरेर ढुंगा निकाल्दै गर्दा खसेको ढिस्कोले बिहान १०:३० बजेतिर पुरेको थियो।उद्दार गरेर उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको थियो। प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले ११:३० बजेतिर मृत घोषणा गरेका हुन्।धनपालथान गाउँपालिका-३ मा प्रदेश १-०२-००३ ह ४४०७ नम्बरको अटो दुर्घटना हुँदा चालक ३८ वर्षीय बुधलाल हजामक

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 74 पटक पढिएको
  • हजुरबाको हत्या आरोपमा नाति पक्राउ

    धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।कटुवालले बिहीबार मध्यरातमा बस्नेतको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए । 'राति १० बजेसम्म आफ्नै घरमा रहेका कटुवालले आधा घन्टाको दुरीमा रहेको मावली घर पुगेर हत्या गरेको देखिन्छ', उनले भने, 'विगतमा मावली घर आतेजाते गर्दा नातिलाई गलत बाटोमा नलाग्न भन्दै सम्झाइबु

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 127 पटक पढिएको
  • बिर्तामोडबाट मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ

    झापा-  झापाको बिर्तामोड नगरपालिका-४ बाट मोटरसाईकल चोरीमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । शुक्रबार  साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 135 पटक पढिएको
  • राप्रपा सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिदै

    काठमाडौं । राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरीने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको उक्त आकस्मिक बैठकले राप्रपा सरकारबाट बाहिरिने नर्णय गरेको हो ।नयाँ बनेको राजनीतिक समीकरणकाबीच आफू सरकारमै रहने या बाहिरिने भन्नेबारे निर्णय गर्न आज बिहान राप्रपाले आकश्मिक बैठक बोलाएको थियो ।नयाँ राजनीतिक परिस्थिति सृजना भएकाले पार्टीले कसरी अगाडि बढ्ने विषयमा निर्णय लिन बैठक बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । कांग्रेस, मा‌ओवादी, एकीकृत समाजवादी पार्टीले आलोपालो सरकार चलाउने सहमति पछि सत्तारुढ राप

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 121 पटक पढिएको
  • सार्वजनिक स्थानमा डिजे बजाउन रोक

    झापा - जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने भएको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो ।जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् । ‘जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालय र युनिटलाई डिजे नियन्त्रणमा लिन निर्देशन दिएको छु’ प्रहरी उपरीक्षक बोगटीले भने ‘अव कहीँ कतै सार्वजनिक स्थलमा  डिजे बजाएको भेटिएमा प्रहरीले नियन्त्रणमा लिनेछ ।’प्रहरी उपरीक्षक बोगटीले सार्वजनिक स्थानमा डिजे बजाएको पाइएमा प्रहरीलाई

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 97 पटक पढिएको
  • तेह्रथुमको जङलमा लागेको आगो गाउँ पस्यो

    झापा । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा नस्ट भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् भने घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर खरानी भएको छ ।आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.