काठमाण्डौ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले सोमबार राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताए।घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ। काठमाडौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको भक्तपुर अ
काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको उहा
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ नायब महानिरीक्षक (डीआईजी) र १० वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।सोमबार गृह मन्त्रालयले डिआईजी कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ।एसएसपी बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलाली, प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार
काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ।सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । यससम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक दिइएको छ ।सहमतिसँगै संसद्को अवरोध खुलाउन नेकपा एमाले पनि तयार भएको छ ।
काठमाडौँ । हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थान
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा उडेका छन । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा गएका हुन ।अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा जानुभएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा गएका हुन ।अर्थमन्त्री डा. महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभ
काठमाण्डौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्णरुपमा क्षति पुर्याएको छ। पहिरोले आठ पहिरोको उच्च जोखिममा छन् भने थप १० घरधुरीसमेत पहिरोको जोखिममा रहेका छन् ।दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शिर र पुछारबाट पह
काठमाडौं । सातै प्रदेशमा आज बिहानै देखि वर्ष भईरहेको छ । काठमाडौं उपत्यकामा पनि रातभर परेको पानी बिहानीपख केही कम भएको छ । तर मौसम अहिले पनि मिलो र वर्ष फेरि हुनसक्ने सम्भावना नै देखिन्छ । काठमाडौं उपत्यकामा रातभर परेको पानी बिहानीपख केही रोकिएको भएपनि सिमसिम पानी परिनै रहेको छ । देशका केही भागमा आज अधिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । कोसी र वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सब
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।सरकारी निवास बालुवाटारमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् ।गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका छन् ।
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना एआइजीहरूको सरूवा गरेको गृह मन्त्रालयले जनाएको छ । पदस्थापन भएको साढे ४ महिनामा सरकारले एआईजीहरूको सरूवा गरेको छ ।सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका श्यामलाल ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ । ज्ञवालीले अहिलेका आईजीपी बसन्तबहादुर कुँवरलाई दुई पटक हटाउने प्रयास गरेका थिए । दुबै प्रयासमा असफल भएपछि ज्ञवालीले रानीपोखरीमा चुपचाप बसेका थिए ।सरकारले एआइजी ज्ञवालीलाई रानीपोखरीबाट हटाएर हेडक्वाटरको प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.