काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ।

सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यससम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक दिइएको छ ।सहमतिसँगै संसद्को अवरोध खुलाउन नेकपा एमाले पनि तयार भएको छ ।