काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

सरकारी निवास बालुवाटारमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् ।

OM Sai Pathibhara Hospital

गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका छन् ।