काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना एआइजीहरूको सरूवा गरेको गृह मन्त्रालयले जनाएको छ । पदस्थापन भएको साढे ४ महिनामा सरकारले एआईजीहरूको सरूवा गरेको छ ।

OM Sai Pathibhara Hospital

सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका श्यामलाल ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ । ज्ञवालीले अहिलेका आईजीपी बसन्तबहादुर कुँवरलाई दुई पटक हटाउने प्रयास गरेका थिए । दुबै प्रयासमा असफल भएपछि ज्ञवालीले रानीपोखरीमा चुपचाप बसेका थिए ।

सरकारले एआइजी ज्ञवालीलाई रानीपोखरीबाट हटाएर हेडक्वाटरको प्रशासन विभागमा रहेका दीपक थापालाई प्रमुखको रूपमा सरूवा गरेको छ । आफ्नो सरुवालाई लिएर एआईजी ज्ञवालीले राजनीतिक रंग दिन खोजेका छन् । गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले एआईजीहरूको सरुवा गरेको छ । तर, ज्ञवालीले नेपाली कांग्रेसले आफूलाई हटाउन दवाव दिएको गलत आरोप लगाएका छन् ।

प्रशासन विभागमा मीरा चौधरीको सरूवा भएको छ । चौधरी यसअघि कार्य विभागमा थिइन् । मानव स्रोत विभागमा रहेका सन्दीप भण्डारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गरेको छ । एआईजी भण्डारीले प्रहरीको सरुवा र बढुवामा आर्थिक चलखेल गरेको आरोप थियो ।

एआईजी भण्डारीको ठाउँमा प्रतिष्ठानमा रहेका टेकबहादुर राईलाई मानव स्रोत विभागमा पठाइएको छ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागकी प्रमुख एआईजी किरण बज्राचार्यलाई चलाएको छैन । बज्राचार्यलाई गृहमन्त्री श्रेष्ठले किन चलाएनन् रहश्यको विषय बनेको छ ।

एआईजी बज्राचार्यले नक्कली प्रमाण पत्रका विषयमा गलत अनुसन्धान गरेर गलत मान्छेलाई पक्राउ गरेको आरोप छ ।FB_IMG_1692534472427